लक्ष्मी महतोले प्रतिनिधिसभाबाट प्रधानमन्त्रीले विश्वासको मत लिँदा मतदान गरेका थिए। प्रहरीको खोजी सूचीमा रहेका उनले मतदान गरेको खुलेपछि उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको आलोचना भएको थियो।
समितिमा अनिता देवी, अमरेशकुमार सिंह, गंगाधर चौधरी, चित्रबहादुर केसी, जीवन परियार, दिलेन्द्रप्रसाद बडु, नागिना यादव, प्रकाश ज्वाला, प्रदीप यादव, प्रेम सुवाल रहेका छन्।
गोदावरी नगरपालिका नगरपालिकाको कार्यालय कञ्चनपुरले आशिष कुमार खत्री सञ्चालन रहेको आकाश एन्ड पवन कन्स्ट्रक्सन कम्पनीलाई कालोसूचीमा राख्न लेखी पठाएकोमा उक्त कम्पनीलाई पनि स्पष्टीकरण सोधिएको छ ।
बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आज नुवाकोटको दुप्चेश्वर–६, समुन्द्रटारस्थित रुक्मणी माध्यमिक विद्यालयमा बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।
कृषि सामग्री कम्पनी लिमिटेड धनुषाका निमित्त प्रमुख रविकुमार केशरीले थप युरिया मल प्राप्त हुने र मल ल्याउन यसै महिनामै बोलपत्र आह्वानको तयारी भइरहेको जानकारी दिए।
नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ । मंगलवार सुन प्रतितोला एक लाख छ हजार तीन सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम भएको हो ।
झापाको कचनकवल गाउँपालिका-४ केचनाको एभरेष्ट चिया बगानमा युवक-युवती मृत अवस्थामा भेटिएका छन् ।
अमेरिकाको उत्तरी क्यालिफोर्नियाका दुई स्थानमा भएका गोलीकाण्डमा ९ जनाको मृत्यु भएको छ ।
तानसेनस्थित बर्तुङ–रिडी–तम्घास सडकअन्तर्गत मालमुल–जोर्ते सडकखण्ड चौडा गर्ने काम भइरहेकाले बिहान ५ देखि ९ बजेसम्म बन्द हुनेछ।
यस सिजन एमबाप्पेले सबैखाले प्रतियोगितामा २३ गोल गरिसकेका छन्। एमबाप्पे पीएसजीको इतिहासमा एकै खेलमा ५ गोल गर्ने पहिलो खेलाडी समेत बनेका छन्।
© 2026 Cloud Patrika. All Rights Reserved.