पीएसजी फ्रेन्च कपको अन्तिम १६ मा, एम्बाप्पे एक्लैको पाँच गोल

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ।

गएराति भएको खेलमा पाएस डी कासेललाई ७–० गोल अन्तरले हराउँदै पीएसजी अन्तिम १६ मा पुगेको हो। पीएसजीको जितमा केलियन एमबाप्पेले ५ गोल गरे।

पीएसजीको जितमा केलियन एम्बाप्पे एक्लैले ५ गोल गरे । उनले खेलको २९ औं,३४ औं,४० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । त्यसपछि उनले ५६ औं र ७९ औं मिनेटमा थप दुई गोल गरे ।

एम्बाप्पे पीएसजीको इतिहासमा एकै खेलमा ५ गोल गर्ने पहिलो खेलाडी समेत बनेका छन् । यस्तै नेयमारले ३३ औं र कार्लोस सोलेरले ६४ औं मिनेटमा गोल गरेका थिए ।

यस सिजन एमबाप्पेले सबैखाले प्रतियोगितामा २३ गोल गरिसकेका छन्। एमबाप्पे पीएसजीको इतिहासमा एकै खेलमा ५ गोल गर्ने पहिलो खेलाडी समेत बनेका छन्।