विद्यार्थीहरुसँग बीमा सम्बन्धी अन्तरक्रिया

काठमाडौं । बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आज नुवाकोटको दुप्चेश्वर–६, समुन्द्रटारस्थित रुक्मणी माध्यमिक विद्यालयमा बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।

नेपाल बीमा प्राधिकरणद्वारा आयोजित कार्यक्रममा रुक्मणी माध्यमिक विद्यालयका शिक्षक तथा कक्षा ११ र १२ विद्यार्थीहरु लगायत गरी करिव ६५ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक कुन्दन सापकोटाले गाउँ-गाउँमा बीमा सम्बन्धी सचेतना फैलाउन शिक्षक तथा विद्यार्थीको भूमिका महत्वपूर्ण हुने भएकाले विद्यालयस्तरमा समेत बीमा सम्बन्धी कार्यक्रमहरु आयोजना गरिँदै आएको बताए ।

उपनिर्देशक सापकोटाले बीमाले जीवन तथा सम्पत्तिमा हुने क्षति तथा हानी नोक्सानी विरूद्ध आर्थिक सुरक्षा प्रदान गर्ने भएकाले बीमाका बारेमा गाउँघरमा गएर जानकारीदिन विद्यार्थीहरुसँग आग्रह गरे ।

रुक्मणी माध्यमिक विद्यालयका प्रधानाध्यापक मुकुन्द थापाले विद्यालयमा बीमा सम्बन्धी सचेतनामूलक कार्यक्रम आयोजना गरी बीमासम्बन्धी विषयमा जानकारी दिएकोमा प्राधिकरणप्रति आभार प्रकट गरे ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक गीता नेपाल आचार्यले बीमा सम्बन्धी प्रस्तुती गर्नुभएको थियो भने सहायक प्रथम शिवप्रसाद खनालले कार्यक्रम संचालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here