आज कहाँ कस्तो रहनेछ मौसम ?

आज केही ठाउँमा भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले बिहान मौसम बुलेटिन जारी गर्दै कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै सचेत गराएको छ ।

भेटिएनन् त्रिशूलीमा गायव बस, आइतबार ८ बजेबाट पुनः खोजिने

शुक्रबार बिहान त्रिशुलीमा खसेका बसको खोजी अभियान शनिबार दिनभर जारी रह्यो । तर, बस फेला परेनन् । शनिबार त्रिशूली र नारायणी नदी किनारमा तीन जनाको शव भेटिएको छ । त्यसमध्ये एक जना बसको यात्रु भएको पुष्टी भइसकेको छ । अब बस खोज्न ठूलो चुम्बक (म्याग्नेट) प्रयोग गरिने र आइतबार बिहान ८ बजेबाट पुनः खोजी सुरु गर्ने गरी शनिबारको अभियान सकिएको छ ।

आज कस्तो रहनेछ मौसम ?

अहिले नेपालमा मनसुनी वायुको प्रभाव छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ। साथै भारतको उत्तर प्रदेश आसपासको क्षेत्रमा बनेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

मनसुन देशैभर सक्रिय, कहाँ छ धेरै जोखिम ?

जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन दिन भारीदेखि अति भारीसम्म वर्षा हुने भएको छ । विभागले उच्च सतर्कता अपनाउन भनेको छ । मनसुन न्यूनचापीय प्रणाली सरदर स्थानबाट नेपालतर्फ सरेकाले महाशाखाले विशेष बुलेटिन जारी गर्दै उच्च सतर्कता अपनाउन भनेको हो ।

यूरोकप फाइनलमा इंग्लयाण्ड र स्पेन भिड्ने

नेदरल्याण्ड्सलाई २–१ ले पराजित गर्दै इंग्लयाण्ड युरो २०२४ को फाइनलमा प्रवेश गरेको छ । ओली वाट्किन्सले इन्जुरी टाइममा गरेको गोल उसको जितका लागि निर्णायक बन्यो ।

कोलम्बिया पुग्यो कोपा अमेरिकाको फाइनलमा

दश खेलाडीमा सीमित कोलम्बियाले बिहीबार उरुग्वेलाई १–० लाई पराजित गर्दै कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । अब आइतबार हुने फाइनलमा कोलम्बियाले अर्जेन्टिनाको सामना गर्नेछ ।

यूरोकपको फाइनलमा पुग्यो स्पेन, फ्रान्स पराजित

स्पेन यूरोकप फुटबलको फाइनल प्रवेश गरेको छ । लामिन यामलले युरोमा सबैभन्दा कम उमेरमा गोल गर्ने कीर्तिमान बनाएको खेलमा फ्रान्सविरुद्ध पुनरागमन जित निकाल्दै स्पेन युरो २०२४ को फाइनलमा प्रवेश गरेको हो । मंगलबार राति म्युनिख एरेनामा भएको पहिलो सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २–१ ले हराएर फाइनल पुगेको हो ।

कोपा अमेरिकाको फाइनलमा पुग्यो अर्जेण्टिना

क्यानडालाई सहजै पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका २०२४ को फाइनलमा प्रवेश गरेको छ । मेटलाइफ स्टेडियममा आज बिहान भएको खेलमा अर्जेन्टिनाले क्यानडालाई २–० गोलले पराजित गरेको हो । अर्जेन्टिनाका जुलियन अल्भारेजले पहिलो हाफको २१औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिएका थिए ।

पोखरामा पहिरोले घर बगाउँदा एक जनाको मृत्यु

मङ्गलबार साँझबाट निरन्तरको वर्षापछि आएको पहिरोमा परी पोखरा महानगरपालिका वडा नम्बर २७ मा एक जनाको ज्यान गएको छ । बिहान ४ बजेतिर सहेलपाटामा घरमाथिबाट आएको पहिरोले घर बगाउँदा त्यसमा पुरिएर पोखरा २७ का २२ वर्षीय भीमबहादुर थापाको ज्यान गएको हो ।

अधिक वर्षा र विपदमा परी दुई दिनमै कम्तिमा ९ जनाको मृत्यु

राजधानी उपत्यकासहित देशका विभिन्न भूभागमा अधिक वर्षा हुँदा ठुलो जनधनको क्षति भएको छ । यस्तो क्रम शनिबार रातिदेखि पश्चिमतर्फ सर्दै गरेको छ । बाढी र पहिरोको उच्च जोखिम अझै बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।