राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई ३ लाख धरौटीमा छाड्न आदेश दिएको छ।
नारायणघाट- मुग्लिन सडकमा यातायात सञ्चालनमा आएको छ। सुक्खा पहिरो खसेर अवरूद्ध भएको सडक बलुका ४ बजेदेखि सञ्चालनमा आएको हो।
मंगलबार नेप्से परिसूचक घटेको छ। नेप्से ३.९० अंकले घटेर २६५४.७५ विन्दुमा बन्द भएको छ। आज परिसूचक संगै कारोबार रकम पनि घटेको छ।
नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले जथाभावी ड्रेस लगाएर संसद् भवन प्रवेश गरेको भन्दै कारबाही गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन् ।
सभामुख देवराज घिमिरे र गृहमन्त्री रमेश लेखकबीच भेटवार्ता भएको छ । सिंहदरबारमा भएको भेटमा सहज रुपमा संसद सञ्चालनका लागि वातावरण बनाउने विषयमा छलफल भएको थियो ।
पूर्वी नवलपरासीको विनयी खोलामा बनाइएको डाइभर्सन बाढीले बगाउँदा सवारी आवागमन प्रभावित भएको छ ।
मंगलबार सुनको भाउ तोलामा २ हजार ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख ९५ हजार रुपैयाँ पुगेको हो।
काठमाडौं महानगरपालिकाले असार १ गतेदेखि भदौ मसान्तसम्म सडक र फुटपाथ खन्न रोक लगाएको छ।
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.