विद्युतीय चुरोट (भेप) मा लुकाएर भएको सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन् ।
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास गरेर बाहिरिँदै गरेको ६० किलोभन्दा बढी सुन तस्करी प्रकरणमा संलग्न भएको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले भारतबाट एक जनालाई पक्राउ गरेको छ।...
विश्व हिन्दु महासंघले संस्कृतविद् डा. जगमान गुरुङलाई ‘नेपाल ऋषि’को उपाधिसहित महासंघको वरिष्ठ सल्लाहकारमा मनोनीत गरेको छ ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्यरत १३७ जना कर्मचारीहरूले सामूहिक सरुवा मागेका छन् । पछिल्लो समयमा ६० किलो सुन बरामदको घटनापश्चात काम गर्ने मनोविज्ञान तथा वातावरण नभएको भन्दै सरुवा मागेका हुन्...
पाल्पाको रिब्दिकोट गाउँपालिका-२ जोर्तेमा पहिरोले स्कार्पियो पुरिँदा ३ जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन्।
असन–केलटोल–इन्द्रचोक मखन–जैशिदेवल ज्याबहाल–लगन चोक–हनुमानढोका दरबार परिसर–गोफल–ब्रम्हटोल–गोफल ब्रम्हटोल–मरू टोललगायत सडकमार्गमा सवारी साधन प्रवेश गराउन पाइने छैन ।
देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
नाबालिगको बलात्कार आरोपमा इलामको इलाम नगरपालिका–९ का ५२ वर्षीय सूर्यबहादुर भण्डारी पक्राउ परेका छन् ।
गृह मन्त्रालयको प्रस्तावमा ‘उमेर, नाम र जात सच्याउने नियमहरु, २०१७’ लाई समयसापेक्ष परिमार्जन गरी (तेस्रो संशोधन) नियमहरू २०८०’ सरकारले पारित गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानूनले हरेक व्यक्तिलाई अरुको धर्म र संस्कृतिलाई चोट नपुग्नेगरी आआफ्ना धर्म र संस्कृतिको पालना गर्ने अधिकार प्रदान गरेको बताएका छन्।
© 2026 Cloud Patrika. All Rights Reserved.