गुडिरहेको स्कार्पियोमाथि ढुंगा खस्यो, तीनजनाको मृत्यु

काठमाडौं । पाल्पाको रिब्दिकोट गाउँपालिका-२ जोर्तेमा पहिरोले स्कार्पियो पुरिँदा ३ जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन्।

गुल्मीको तम्घासबाट बुटवल आउँदै गरेको लु १ ज ४६०० नम्बरको स्कार्पियोमाथि पहिरोसँगै ढुंगा खसेको हो।

पहिरोमा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको र तीन बच्चासहित ८ जनालाई उद्धार गरिएको प्रहरीले जनाएको छ ।

पहिरो खस्दा पाल्पा–गुल्मी सडक खण्ड बन्द भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here