‘एकअर्काको धर्मविरुद्ध हुने द्वैषपूर्ण कार्यलाई सरकारले छुट दिँदैन’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानूनले हरेक व्यक्तिलाई अरुको धर्म र संस्कृतिलाई चोट नपुग्नेगरी आआफ्ना धर्म र संस्कृतिको पालना गर्ने अधिकार प्रदान गरेको बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा सांसद ईश्वरी देवी न्यौपानेले सोधेको प्रश्नको जवाफ दिँदै उनले परापुर्वकालदेखि चलिआएको सामाजिक एकतालाई खलल पुग्नेखालको कुनैपनि किसिमका कार्य हुन नदिन सरकार दृढ रहेको बताए।

नले सामाजिक एकता, सद्भाव र समाजिक सहअस्तित्वमा खलल पुर्‍याउने कुनै पनि किसिमको कार्य हुन नदिन सरकार दृढ रहेको उल्लेख गरे ।

‘सामाजिक एकता, सद्भाव र समाजिक सहअस्तित्वमा खलल पुर्‍याउने कुनै पनि किसिमको कार्य हुन नदिन सरकार दृढ छ’ उनले भने, ‘सामाजिक सद्भावमा खलल पार्ने र एकार्काको धर्म र संस्कृतिमा द्वेषपूर्ण अभिव्यक्ति र कार्यलाई सरकारले कुनै हालतमा छुट दिन सक्दैन ।’

प्रधानमन्त्रीले पहिचानका कुरा गर्दा कसैको आस्थामाथि कुनै विभेद नगर्ने बताए । “मैले पहिचान या अरू कुनै कुरा गर्दा कसैको पहिचान, आस्थामाथि कुनै विभेद नगर्ने कुरा स्पष्ट गर्न चाहन्छु,” उनले भने ।

सामाजिक सद्भावमा खलबल पार्ने वा एकअर्काको संस्कृति र धर्मविरुद्ध हुने द्वैषपूर्ण अभिव्यक्ति र कार्यलाई सरकारले कुनै हालतमा छुट दिन नसक्ने बताए। संविधानको पालना गर्ने सबैको कर्तव्य भएको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here