किसानलाई रासायनिक मल, बीउ तथा किटनाशक औषधिको उचित प्रबन्ध गर्न तथा स्थानीय र रैथाने खाद्यबालीको बिलको सुरक्षामा ध्यान दिनुपर्नेमा सरकारको ध्यानाकर्षण गराइएको छ ।
नेपाल विद्युत प्राधिकरणले वर्षायाममा नेपालमा खपत गरी जगेडा भएको विद्युत भारतमा बिक्री गर्न टेण्डर आह्वान गरेको छ ।
ग्लोबल आइएमई बैंक तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच विभिन्न सौर्य मिनी ग्रिड परियोजना निर्माण सम्बन्धी सम्झौता भएको छ ।
केन्द्रीय तथ्यांक विभागले आर्थिक वर्ष २०७८/७९ को प्रादेशिक कुल गार्हस्थ उत्पादन (जीडीपी)को तथ्यांक सार्वजनिक गरी सात प्रदेशमध्ये वाग्मती प्रदेशको अर्थतन्त्र सबैभन्दा ठूलो रहने जानकारी दिएको हो ।
नेपाललाई मध्यम आययुक्त देशमा स्तरोन्नति गर्ने सरकारको लक्ष्यमा सघाउन संयुक्त राज्य अमेरिकाले रु. ७९ अर्ब ७१ करोड अनुदान सहयोग उपलब्ध गराउने भएको छ।
नेपालको निर्यात क्षमता विस्तार र यसको सदुपयोग गर्न सरकारको भूमिका नै कमजोर रहेको निर्यात व्यवसायीहरुले बताएका छन्।
ठूला घटना परिघटनाका कारणले भन्दा पनि कुशासन, नीतिगत कच्चापन, वित्तीय अपारदर्शीता लगायत कारण श्रींलका अहिलेको अवस्थामा पुगेकाले त्यसतर्फ नेपाल पनि सचेत बन्नु पर्नेमा उनीहरुको जोड थियो ।
विश्व बैंकले नेपालको वित्तीय क्षेत्रको स्थायित्व सुदृढीकरणका लागि १५ करोड अमेरिकी डलर (करिब रु १८ अर्ब ३६ करोड)को बराबरको ऋण सहयोग उपलब्ध गराउने भएको छ ।
चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो ९ महिनामा नेपालले १ खर्ब २६ अर्ब ७ करोड २४ लाख रुपैयाँको अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले केही ठूला उद्योगहरूमा विद्युत आपूर्तिमा देखिएको समस्याबारे उद्योगी तथा व्यावसायीसँग छलफल गरेकी छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.