केही महिना अघिसम्म प्रतिलिटर १ सय ८० देखि १ सय ९० रुपैयाँको हाराहारीमा बिक्री भइरहेको सनफ्लावर तेलको मूल्य अहिले बढेर प्रतिलिटर २ सय ६० रुपैयाँ पुगेको छ।
लकडाउन समेतका प्रतिबन्धका कारण आर्थिक गतिविधि सुस्त हुन सक्ने चेतावनी दिएको मुडिजले कोभिडको पहिलो लहरको झैं यसपटक अर्थतन्त्रलाई गम्भीर प्रभाव नपार्ने प्रक्षेपण गरेको छ ।
स्वदेशी उद्योगका लागि शीपयुक्त जनशक्तिको आपूर्ति रपरम्परागत पेशा एवं शीप विकासको लागि विभिन्न किसिमका तालिमको व्यवस्था गरिने बिषय बजेट वक्तव्यमा उल्लेख हुनु उत्साहजनक रहेको महासंघले ठहर गरेको छ ।
नेपाल राष्ट्र बैंकले बुधबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ३४ पैसा र बिक्रीदर ११६ रुपैयाँ ९४ पैसा निर्धारण गरेको छ ।
आधाभन्दा धेरै जनसंख्या कृषि पेशमा संलग्न रहेको कृषिप्रदान देश नेपालमा स्थानिय उत्पादनहरुले मात्रै माग धान्न नसक्दा नेपालमा वार्षिक अर्बौ रकमको चामल आयात हुने गरेको छ ।
कोभिड–१९ महामारी र हाल जारी बन्दाबन्दी तथा निषेधाज्ञाका कारण मुलुकका करीब ७० प्रतिशत उद्योग व्यवसायमा प्रत्यक्ष प्रभावित भएको नेपाल उद्योग वाणिज्य महासंघले बताएको छ ।
कोरोनाको महामारीका कारण यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको छ।
आगामी आर्थिक वर्ष २०७८।७९ का लागि बजेट घोषणा गरेको दुई दिनमै अर्थ मन्त्रालयले बजेटको कार्यान्वयनका लागि गृहकार्य थालेको छ ।
वन तथा वातावरण मन्त्रालयले साउन १ गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला प्रयोगमा पूर्णप्रतिबन्ध लगाउने जनाएको छ ।
नेपाल राष्ट्र बैंकले सोमबारको लागि एक अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ ६१ पैसा र बिक्रीदर ११६ रुपैयाँ २१ पैसा निर्धारण गरेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.