थर्मल प्लाण्टबाट उत्पादित बिजुलीमा निर्भर होङ्शी सिमेन्टमा पुग्यो राष्ट्रिय ग्रिडको बिजुली

काठमाडौं, २८ कात्तिक । थर्मल प्लाण्टबाट उत्पादित बिजुलीमा निर्भर होङ्शी सिमेन्ट नेपाल विद्युत प्राधिकरणले विद्युत आपूर्ति दिएको छ ।

बर्दघाटमा रहेको सबस्टेसनबाट बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनमार्फत शनिबार राति ९ बजे चार्ज गरी उद्योगलाई विद्युत आपूर्ति दिइएको हो ।

उत्पादन शुरु गरेको करिब साढे तीन वर्षपछि चिनियाँ र नेपाली लगानीकर्ताको साझेदारीमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिकास्थित सर्दीमामा रहेको होङ्शी र्मल प्लान्टबाट उत्पादित बिजुलीमा निर्भर थियो ।

उद्योगलाई विद्युत आपूर्ति कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका सञ्चालक भक्तबहादुर पुन, कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल,प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलगायतको टोलीको उपस्थितिमा रहेको थियो ।

होङ्शीले ३० मेगावाट विद्युत् खपत गर्नेछ । उत्पादन क्षमता थप गर्न लागेको उद्योगलाई थप ५० मेगावाट विद्युत् चाहिने छ ।

उद्योगलाई १३२ केभी प्रसारण लाइनमार्फत सिधै विद्युत् दिइएको प्राधिकरणले जनाएको छ । यसका लागि उद्योगले आफ्नो परिसरमा ३१.५ एमभीए क्षमताको ट्रान्सफर्मर जडान गरी विद्युत् आपूर्ति लिएको छ ।

११ र ३३ केभी प्रसारण मेगावाटलाइनबाट विद्युत् आपूर्ति लिने ग्राहककोभन्दा १३२ केभीको महसुल सस्तो छ ।

विद्युत् लाइन पुग्न नसक्दा उद्योगले १.४ मेगावाटका १४ वटा डिजेल जेनेरेटरमार्फत विद्युत् आपूर्ति गरिरहेको थियो । यसका लागि दैनिक रुपमा ६० हजार लिटर डिजेल खपत गर्दै आएको उद्योगले जनाएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिमन्ट उद्योगसँग विद्युत् पुर्याउने घोषणा अनुसार बर्दघाट–सर्दी १३२ केभी २० किलोमिटर डबल सर्किट प्रसारण लाइन बनिरहेको हो ।

वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटान स्वीकृतिमा भएको ढिलाइ र निजी जग्गा प्राप्तिको समस्याका कारण केभी प्रसारण लाइनको निर्माण पूर्ण रुपमा सम्पन्न हुन सकेको छैन ।

नेपाल सरकारको लगानीमा ४० लाख अमेरिकी डलर लगानीमा आर्थिक वर्ष २०७३/७४मा आयोजनाको सुरु गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here