बैंक/ बिमा

नबिल बैंककाे ५ अर्ब रुपैयाँ बराबरको ‘नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ बाँडफाँट

नबिल बैंक लिमिटेडले ५ अर्ब रुपैयाँ बराबरको ‘नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ बाँडफाँट गरेको छ । प्रतिकित्ता १०० रुपैयाँ अंकितका दरले पाँच करोड कित्ता अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट सम्पन्न भएको बैंकले जनाएको छ ।

शिखर इन्स्योरेन्सले गर्यो सेयरधनीका लागि लाभांश घोषणा

काठमाडौं । शिखर इन्स्योरेन्सले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको नाफाबाट हाल कायम चुक्ता पूँजीको ६.३१५८ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । जसमा ६...

अमेरिकी डलरको मूल्य पुनः कीर्तिमानी उचाईमा

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

राष्ट्र बैंक र आईएफसीबीच क्लाइमेट फाइनान्स सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

नेपाल राष्ट्र बैंक र अन्तर्राष्ट्रिय वित्त निगम(आईएफसी) बीच जलवायु वित्त (क्लाइमेट फाइनान्स) सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । डेपुटी गभर्नर बमबहादुर मिश्रको उपस्थितिमा आज बैंकमा आयोजित कार्यक्रमका बीच उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो । सोसम्बन्धी सझदारीपत्रमा बैंकका गभर्नरको कार्यालयका कार्यकारी निर्देशक दयाराम शर्मा पंगेनी र आईएफसी साउथ एसियाका कन्ट्री एडभाइजरी एण्ड इकोनोमिक्ससम्बन्धी व्यवस्थापक ग्रेगरी स्मिथले हस्ताक्षर गरे।

विदेशी मुद्रा सञ्चिति ३० खर्ब नाघ्यो

चालु आर्थिक वर्ष पहिलो चार महिनामा विदेशी मुद्रा सञ्चिति ३० खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार कात्तिकसम्म विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब ५२ करोड पुगेको हो । असार मसान्तसम्म २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ बराबर विदेशी मुद्रा सञ्चिति थियो ।

पुसका लागि बैंकहरूले थप घटाए ब्याजदर

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत नीतिगत दर घटाएसँगै उच्च तरलता तथा न्यून कर्जा प्रवाहका बाबजुत बैंकको ब्याजदर थप घटाएकाे हो ।

आज १० दिनका लागि ३५ अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

आज नेपाल राष्ट्र बैंकले १० दिनका लागि बजारबाट उल्लिखित रकम झिक्न लागेको हो ।

अमेरिकी डलरको मूल्य पुनः कीर्तिमानी विन्दुमा

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको भाऊ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

आज फेरी राष्ट्र बैंकले ९० अर्ब झिक्दै

राष्ट्र बैंकले आज बजारबाट ९० अर्ब रुपैयाँ झिक्न लागेको छ ।