ग्लोबल आइएमई बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड’ बाट सम्मानित
फिनाकल १० कोर बैंकिङको कार्यान्वयन पछि बैंकले ग्राहक केन्द्रित सेवाहरूमा नवीनतम सोचका साथ उत्कृष्ट प्राविधिक रूपान्तरण (डिजिटल ट्रान्सफरमेसन) गरेकोमा बैंकलाई ट्रान्सफरमेसन एक्सिलेन्स विधा अन्तर्गत सर्वाेत्कृष्ट घोषित गरिएको हो।
ग्लोबल आइएमई बैंकले २० वटा एटीएम बेच्ने, कुन-कुन ठाउँको ?
ग्लाबेल आइएमई बैंकले २० वटा पुराना एटीएम मेसिन बिक्री गर्ने भएको छ । बैंकले विभिन्न शाखा र गोदाममा रहेका २० वटा एटीएम मेसिन बेच्न लागेको हो ।
असार मसान्तभित्र मर्जरमा जाने बैंक तथा वित्तीय संस्थालाई सुविधै–सुविधा
नेपाल राष्ट्र बैंकले मर्जर तथा एक्विजेसनमा जाने बैंक तथा वित्तीय संस्थालाई छुट दिएको छ । राष्ट्र बैंकले इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७९ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो।
मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो सुझाव, यसरी पठाउनुहोस्
यससँगै विभिन्न क्षेत्रका सरोकारवालाहरुले आफ्ना सुझावहरु राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागको इमेल ‘monetarypolicy@nrb.org.np’ मा पठाउन सक्नेछन् । त्यस्तै, ०१-४४१७४९७ मा फोन गरेर वा ०१–४४३३३६५ मा फ्याक्स गरेर समेत मौद्रिक नीतिका लागि सुझाव दिन सकिने बैंकले जानकारी गराएको छ ।
नबिल बैंकले ल्यायो ‘नबिल दिगो घर कर्जा’, बेस रेटमा १ प्रतिशत प्रिमियम
बैंकले सुरुवात गरेको नबिल दिगो घर कर्जा ग्राहकहरुले बैकको आधार दरमा मात्र १ प्रतिशत प्रिमियम थपेर प्राप्त गर्न सक्नेछन भने स्थिर ब्याजदर चाहने ग्राहकहरुले सात वर्षको लागि वार्षिक १०४९ प्रतिशतमा नै प्राप्त गर्न सक्नेछन् ।
प्रभु बैंकले ल्यायो लक्जेम्बर्गबाट ऋण, विद्युतीय सवारीमा लगानी गर्ने
प्रभु बैंकले युरोपेली मुलुक लक्जेम्बर्गबाट ५० लाख डलर (करिब ६६ करोड रुपैयाँ) ऋण ल्याएको छ । बैंकले ‘लक्जेम्बर्गको ‘एमएसएमई इन्टरप्राइजेज बन्ड एस ए’ बाट उक्त ऋण पाएको हो ।
कृषि विकास बैंकले माग्यो १७९ जना कर्मचारी (सूचनासहित)
कृषि विकास बैंकले कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । शुक्रवार एक विज्ञप्ति निकाल्दै नवौँदेखि चौथो तहसम्मका लागि बैंकले आवेदन माग गरेको हो ।
१० अर्बको विकास ऋणपत्र विक्री गर्दै राष्ट्र बैंक, बिहीवार दिउँसो बोलकबोल
बैंकले बोलकबोलमार्फत विकास ऋणपत्र २०८५ ‘झ’ विक्री गर्न लागेको हो । राष्ट्र बैंकले आन्तरिक ऋण उठाउन विक्री गर्न लागेको विकास ऋणपत्रको अवधि ५ वर्षको रहेको छ ।
पूँजी बजारलाई गतिशिल बनाउन समयानुकूल कानुनी व्यवस्थामा संसोधन
काठमाडौं । सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र गतिशील बनाउन धितोपत्रसम्बन्धी विद्यमान कानुनी व्यवस्थामा समयानुकूल संशोधन गरिने जनाएको छ ।
आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा।प्रकाश शरण महतले पुँजी बजारलाई सुदृढ र...
युनाइटेड अजोडले लगानीकर्तालाई उच्चतम प्रतिफल र सेवाग्राहीलाई गुणस्तरीय सेवा दिने
मर्जरसँगै कम्पनीको चुक्ता पुँजी एक अर्ब ९० करोड ४६ लाख रुपैयाँ पुगेको छ । कम्पनीको सामान्य जगेडा कोषमा ५९ करोड ६७ लाख र बीमा कोषमा ७२ करोड ६४ लाख रुपैयाँ छ । कम्पनीको नेट वर्थ तीन अर्ब २६ करोड ३५ लाख पुगेको छ ।