अमेरिकी डलर कीर्तिमानी मुल्यमा पुग्यो

काठमाडौं । अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च मूल्यमा कारोबार भएको छ । नेपाल राष्ट्र बैङ्कले शुक्रबारका लागि एक अमेरिकी डलरको बिक्रिदर मूल्य १३४ रुपियाँ १५ पैसा तोकेको छ ।

त्यस्तै खरिददर मूल्य १३३ रुपियाँ ५५ पैसा रहेको छ । जुन अहिलेसम्मकै उच्च हो । डलरको मूल्यमा नयाँ नयाँ रेकर्ड ब्रेक भइरहँदा नेपाली मुद्राको अहिलेसम्मकै अबमूल्यन भएको छ । भारतीय मुद्रा कमजोर हुँदा डलरको मूल्य बढेर नेपाली रुपियाँ सबैभन्दा सस्तो दरमा झरेको हो ।

नेपाली रुपियाँ र भारतीय मुद्राबिच स्थिर विनिमय दर कायम रहेको छ । अमेरिकी डलरको मूल्यवृद्धि भइरहँदा नेपाल भित्रिने रेमिट्यान्सका लागि सकारात्मक प्रभाव पर्ने भए पनि आयातदेखि अन्तर्राष्ट्रिय ऋणको ब्याज र साँवालाई असर गर्ने विश्लेषक बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here