नेपालबाट भारतले १० हजार मेगावाट बिजुली किन्ने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबाट भारतले १० हजार मेगावाट विद्युत खरिद गर्ने घोषणा गरेका छन् ।

७३ मेगावाटको सानिमा मिडिल तमोरको बिजुली प्रसारण लाइनमा जोडियो

सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडद्वारा निर्मित आयोजनाले अबका १५ दिन परीक्षण उत्पादन र त्यसपछि व्यावसायिक उत्पादन गर्ने जनाएको छ । आयोजनाका प्रबन्धक मणिराज पोखरेलका अनुसार आयोजनाका चारवटा टर्बाइनमध्ये एउटाबाट उत्पादित विद्युत् तेह्रथुमको वसन्तपुरस्थित कोशी करिडोरको प्रसारण लाइनमा जोडिएको हो ।

यी स्थानमा आज ५ देखि ९ घन्टासम्म विद्युत् अवरूद्ध हुने

मातातिर्थ फिडर अन्तर्गत पर्ने दाउरा डिपो, महादेवस्थान, चेकपोष्ट, आयल निगम, गोदाम, थानकोट, त्रिभुवन पार्क, खरिबोट, नागढुंगा, पिपलामोड, बसुन्डोल, इन्द्रथान, टोटीटोल, सिरानचौर, महेश फाट, कुखुरेचौर र झाँगाझिँटीमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत लाइन अवरूद्ध हुनेछ।

उर्जा मन्त्री खड्कालाई चित्त नबुझेपछी निकालिए प्राधिकरणका दुई सञ्चालक

चित्तबुझ्दो स्पष्टीकरण नभएको भन्दै साउन १८ गते मन्त्री खड्काले दुवै जनालाई पदमुक्त गर्ने निर्णय गरेका हुन् ।

प्राधिकरण सञ्चालकमा देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङलाई नियुक्त

मन्त्रालयले आजनै मन्त्रिस्तरिय निर्णय गर्दै रिक्त पदमा कार्की र गुरुङलाई नियुक्त गरेको हो ।

भारतले नेपालबाट थप २५१ मेगावाट बिजुली लैजाने

भारतले नेपालका एक दर्जन जलविद्युत् आयोजनाबाट थप २ सय ५१ मेगावाट बिजुली खरिद गर्ने भएको छ । अन्तरदेशीय व्यापार उद्देश्यले भारतको तोकिएको प्राधिकरणले नेपालका १२ जलविद्युत् आयोजनाबाट उक्त परिमाणमा विद्युत् निर्यातका लागि स्वीकृति दिएको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ ।

८७ मेगावाटको लान्द्रुक मोदीमा जुट्यो लगानी, माछापुछ्रे बैंकको नेतृत्वमा छ बैंकले...

सिंगटी हाइड्रो इनर्जी लिमिटेडको मुख्य लगानी रहेको कास्कीस्थित अन्नपुर्ण गाउँपालिकामा निर्माण हुने ८६.५९ मेगावार्टको लान्द्रुक मोदी जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापन सम्पन्न भएको छ ।

एक रुपैयाँ घट्यो मट्टितेल र डिजेलको मूल्य

डिजेल र मट्टितेलको मूल्य घटेको छ । नेपाल आयल निगम सञ्चालक समितिको आज बसेको बैठकले आज मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेलको साबिकको बिक्री मूल्यमा प्रतिलिटर एक रुपियाँ घटाएको हो ।

ट्रंक लाइन विवाद : लाल आयोगको प्रतिवेदन सार्वजनिक

नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड र ट्रंक लाइन विवाद सम्बन्धमा निकै चासोका साथ हेरिएको सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन सार्वजनिक भएको छ । सोमबार ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले पत्रकार सम्मेलन गर्दै उक्त प्रतिवेदन सार्वजनिक गरेको हो ।

विद्युत् प्राधिकरणको नाफा तीन महिनामै ८ अर्ब ५० करोड

चालू आवका साउन, भदौ र असोजसम्मको वित्तीय विवरण (अपरिष्कृत) अनुसार, प्राधिकरणले यस अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्य आम्दानीबाट ३२ अर्व ९८ करोड रुपैयाँ आम्दानी गरेको छ ।