बिजुली आपूर्ति अनियमित हुँदा सामाजिक सञ्जालमा प्राधिकरणको चर्को आलोचना

सामाजिक सञ्जालमा नेपाल विद्युत प्राधिकरण र सरकारको चर्को आलोचना भइरहेको छ ।

कार्यभार सम्हाल्दै शाक्यले भने ‘बाँकी कार्यकाल अझ बढी मिहिनेतको साथ काम...

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बुधबार प्राधिकरणमा कार्यभार सम्हालेका छन्।

कुलमानले भने ‘मैले राजीनामा दिन लागेको हल्ला गलत हो’

अन्तरिम मन्त्रिपरिषद्‌मा सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका मन्त्री कुलमान घिसिङले आफूले राजीनामा दिन लागेको भन्ने हल्ला गलत भएको बताएका छन् ।

काठमाडौंका यी क्षेत्रमा आज ३ घण्टा विद्युत आपूर्ति बन्द हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचनामार्फत महाराजगञ्ज वितरण केन्द्र मातहतका विभिन्न स्थानमा बिजुली कटौती गर्न लागेको हो ।

‘विद्युत देशभित्रै खपत बढाउने पहिलाे प्राथमिकता’ मन्त्री घिसिङ

विद्युत खपत बढाउन विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवद्र्धन गर्न चार्जिङ स्टेसनको स्थापना, इन्डक्सन चुलोको प्रयोगलगायतलाई प्रोत्साहन गरिएको उल्लेख गरे ।

उज्यालाे नेपालकाे केन्द्रीय कार्यालयको उर्जा मन्त्री घिसिङले उद्घाटन गर्ने

ऊर्जामन्त्री कुलमान घिसिङ संलग्न दल उज्यालो नेपालले भोलि (बिहीबार)देखि केन्द्रीय कार्यालयको उद्घाटन गर्ने भएको छ ।

सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थाको मर्यादाको ख्याल गर : प्राधिकरण

नेपाल विद्युत् प्राधिकरणले आफ्ना कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थाको मर्यादा र गरिमाको ख्याल गर्न सचेत गराएको छ । प्राधिकरणमा कार्यरत कर्मचारीले प्राधिकरण कर्मचारी सेवा, शर्त, नियमावलीमा भएको आचरणसम्बन्धी व्यवस्थाको पालना सबै कर्मचारीको दायित्व भएको स्मरण गराएको छ ।

अपर अरुणमा १३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई

नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनामा १२ अर्ब ९५ करोड रुपैयाँ बराबरको सेयर गैह्र आवासीय नेपाली (एनआरएन) तथा वैदेशिक रोजगारमा रहेका नेपालीलाई निश्कासन गर्ने प्रस्ताव गरिएको छ ।

बेतन कर्णालीको आयोजनाको ९३ अर्ब लगानी स्वीकृत

लगानी बाेर्डले बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत परियोजना (४३९ मेगावाट) को लगानी स्वीकृत गरी परियोजना विकास सम्झौताको लागि वार्ता समिति गठन गर्ने निर्णय गरेकाे छ। याे आयोजना ९३ अर्व ४० कराेड ७६ लाख लगानिकाे हाे।

१०,८०० मेगावाटको कर्णाली चिसापानी जलविद्युत अगाडि बढाउँदै सरकार

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले १० हजार ८०० मेगावाटको कर्णाली चिसापानी जलाशययुक्त जलविद्युत आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन गर्न लागिएको बताएका छन् ।