रसुवागढी र साञ्जेनको बिजुली जोडिने प्रसारण लाइन निर्माणको काम साउनभित्र सक्न...
रसुवा तथा नुवाकोटका निर्माणाधीन जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा पुर्याउन महत्वपूर्ण मानिएको चिलिमे–त्रिशूली प्रसारण लाइन र सबस्टेशन निर्माणमा आशातीत प्रगति नभएपछि नेपाल विद्युत् प्राधिकरणले चासो राखेको छ ।
माथिल्लो साञ्जेनबाट सात महिनाभित्र १४.८ मेगावाट विद्युत् उत्पादन हुने
निर्माणाधीन माथिल्लो साञ्जेन जलविद्युत् आयोजना अन्तिम चरणमा पुगेको छ । आगामी छ/सात महिनाभित्र आयोजनाबाट १४.८ मेगावाट विद्युत् उत्पादन हुने छ ।
१० प्रतिशत घरधुरी टुकी बत्तीकै भरमा, कर्णालीका ५७ प्रतिशत विद्युतको पहुँचबाहिर
नेपाल विद्युत् प्राधिकरणका अनुसार कर्णाली प्रदेशका चार जिल्लामा विद्युत् सेवा पुग्न सकेको छैन । ती जिल्लामा पनि छिट्टै केन्द्रीय प्रसारण लाइनको बिजुली उपलब्ध गराउने लक्ष्यका साथ काम भइरहेको छ ।
काठमाडौंका यी ठाउँमा चार घण्टा विद्युत आपूर्ति बन्द हुने
नेपाल विद्युत प्राधिकरणले विभिन्न मर्मत सम्भारका लागि विभिन्न ठाउँमा चार घण्टा विद्युत् काटिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
थर्मल प्लाण्टबाट उत्पादित बिजुलीमा निर्भर होङ्शी सिमेन्टमा पुग्यो राष्ट्रिय ग्रिडको बिजुली
थर्मल प्लाण्टबाट उत्पादित बिजुलीमा निर्भर होङ्शी सिमेन्ट नेपाल विद्युत प्राधिकरणले विद्युत आपूर्ति दिएको छ । बर्दघाटमा रहेको सबस्टेसनबाट बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनमार्फत शनिबार राति ९ बजे चार्ज गरी उद्योगलाई विद्युत आपूर्ति दिइएको हो ।
लक्ष्मी पूजाको दिन भारत निर्यातका वावजुत विद्युतको उच्चतम माग धान्न सफल
लक्ष्मीपूजाको दिन भारतमा निर्यातका वावजुत विद्युतले स्वदेशी मागको उच्चतम भार समेत थेग्न सफल भएको छ । हरेक वर्ष तिहारको समयमा घर पसल र व्यबसायमा झिलिमिलि बत्ती बाल्ने भएका कारण विद्युतको उच्चतम माग हुने गर्छ ।
इन्धनका रुपमा कोइलाको प्रयोग रोक्न १९० मुलुक र संस्था सहमत
इन्धनका रुपमा कोइलाको प्रयोग रोक्न १९० मुलुक तथा संस्था सहमत भएका छन् । बीबीसीका अनुसार पोल्यान्ड, भियतनाम र चिलीजस्ता ठूला कोइला प्रयोगकर्तासहित १९० राष्ट्र तथा संस्था कोइला प्रयोग रोक्ने सहमत भएको बेलायती सरकारले जनाएको छ ।
नेपालको विद्युत व्यापार अब नयाँ चरणमा, भारतमा निर्यातको बाटो खुल्यो
नेपालको विद्युत व्यापार अब नयाँ चरणमा प्रवेश गरेको छ । नेपालबाट भारतमा प्रतिस्पर्धी मूल्यमा बिजुली निर्यातको बाटो खुलेसँगै नेपालको विद्युत व्यापार नयाँ चरणमा प्रवेश गरेको उर्जा मन्त्री पम्फा भुसालले बताएकी छिन् ।
बढ्यो इन्धनको मूल्य, खाना पकाउने ग्यास ५० रुपैयाँ मंहगो
नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेको छ । शुक्रबार रातिबाट लागू हुने गरी नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मटितेल, हवाई इन्धनको मूल्य बढाउने निर्णय गरेको हो । निगमले स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१ ले तोकेअनुसार मूल्य बढाएको हो ।
दूरसंचार प्राधिकरणले भन्यो : कात्तिक मसान्तभित्र पोलभाडा सम्झौता गरिसक्नु
नेपाल दूरसञ्चार प्राधिकरणले कात्तिक मसान्तभित्र पोल भाडा सम्झौता गर्न इन्टरनेट सेवाप्रदायक संस्थालाई भनेको छ । प्राधिकरणले बिहीबार सूचना जारी गर्दै नेपाल विद्युत प्राधिकरणसँग पोल भाडा सम्झौता गर्न निर्देशन दिएको हो ।