अर्थतन्त्रको शिथिलता कसरी हटाउँदैछ गठबन्धन सरकार ?

उत्पादनदेखि उपभोगसम्म र लगानीदेखि व्यापारसम्म देखिएको शिथिलता हटाउन नीतिगत सुधार गर्ने र आर्थिक क्रियाकलापलाई तीव्रता दिने गठबन्धनले बताएको छ ।

रिडी-तम्घास सडक आजदेखि १२ घण्टा बन्द, वैकल्पिक बाटो प्रयोग गर्न आग्रह

आजदेखि रिडी-तम्घास सडक २७ दिनका लागि दैनिक १२ घण्टा बन्द हुने भएको छ । मदन भण्डारी राजमार्गअन्तर्गत रिडीदेखि बलेटक्सारसम्मको २३ किलोमिटर क्षेत्रमा चट्टान फोर्न र ग्रेड मिलाउने कार्य भइरहेकोले आजदेखि ३० गतेसम्म सडक १२ घण्टा बन्द गरिएको हो ।

नुवाकोटमा ८ मेगावाटको तादी घ्यांगफेदी जलविद्युत् आयोजना अघि बढ्यो

नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा निर्माण हुने ८ मेगावाटको तादी घ्यांगफेदी जलविद्युत् आयोजना अघि बढाउन विद्युत् विकास विभागले सार्वजनिक सूचना जारी गरेको छ । आयोजनाले विभागमा पेस गरेको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन (आईईई) रिपोर्टमा स्थानीयका तर्फबाट रायसुझाव भए ३५ दिनभित्र पेस गर्न आग्रह गरेको हो ।

कालिकोटमा करेन्ट लागेर दुई जनाको मृत्यु

कालीकोटको नरहरिनाथ गाउँपालिका–८ लालु ठाडाबाटोमा बिजुलीको पोल ढल्दा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । एक महिनाअघि राष्ट्रिय प्रसारण लाइन पुगेको लालुमा शनिबार बिहान घरनजिकै पोल ढल्दा करेन्ट लागेर नरहरिनाथ–८ लालुका ४३ वर्षीय केशव थापा र २५ वर्षीय गंग थापाको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् ।

राष्ट्रिय गौरवका आयोजना छिटो सक्न प्रधानमन्त्रीको ताकेता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगतिबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग छलफल गरेका छन् । आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा प्रधानमन्त्रीले भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वाला, सचिव केशव शर्मा, विभागीय प्रमुखहरू र मन्त्रालयका सहसचिवहरू बोलाएर छलफल गरेका हुन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि टेण्डर खुल्यो

बजेट अभावले अलपत्र बनेको रंगशाला निर्माणको जिम्मा पाएको महानगरले एक सूचना जारी गर्दै टेण्डर खुल्ला गरेको हो । टेण्डरको लागि आगामी मार्च ३१ गते १२ बजेसम्म अन्तिम समय दिइएको छ।

प्राधिकरणले भन्यो -‘धरानमा विमानस्थल बनाउन सम्भव छैन’

प्राधिकरणले आज सूचना जारी गर्दै तराई तथा भित्री मधेसमा विमानस्थल निर्माण गर्दा निकटस्थ हवाईमैदानबाट कम्तीमा ४० नटिकल माइल हुनुपर्ने नीतिगत व्यवस्था विपरीत भएकाले धरानमा विमानस्थल निर्माण अनुपयुक्त हुने बताएको हो।

कालीगण्डकी करिडोरको काम धमाधम हुँदै, ५४ किमी एकैपटक कालोपत्र गर्ने तयारी

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्डको कामले तीव्रता पाएको छ । उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोरको मालढुङ्गा–बलेवा र बलेवा–हर्मिचौर खण्डमा कालोपत्रका लागि पूर्वाधार निर्माणले तीव्रता पाएको हो ।

जहाज चढ्ने कालिकोटेको ४० वर्ष अगाडी देखियो सपना पुरा, सुनथराली विमानस्थल...

जहाज चढ्ने कालीकोटे जनताको ४० वर्षदेखिको सपना पुरा हुने भएको छ । जिल्लाको सुनथराली विमानस्थलमा आइतबार तारा एयरले सफल परीक्षण उडान गरेको छ । यो विमानस्थलको आज औपचारिक उद्घाटन हुँदैछ ।

नारायणगढ-मुग्लिन सडकखण्ड अब २४ सै घण्टा सूचारु

दैनिक चार घण्टा गाडी रोकेर पुल निर्माणका लागि भित्तो काटिंदै आएको नारायणगढ–मुग्लिन सडकखण्ड अब २४ सै घण्टा सूचारु हुने भएको छ । ठेकेदारलाई तेस्रो पटक थप गरेको म्याद यही फागुन १२ गते सकिएको छ । पुल निर्माणका लागि भित्तो काट्नुपर्ने काम अन्तिम चरणमा पुगेकाले अबको कामका लागि सवारी रोक्नु नपर्ने भएको हो ।