जनकपुरधाम–जयनगर रेल सेवा आजदेखि सञ्चालन
यसअघि जनकपुरधामदेखि कुर्थासम्म करिब ३५ किलोमिटर क्षेत्रफलमा रेल्वे सञ्चालनमा थियो । रेल सञ्जाललाई नेपालमा विस्तार गर्नेबारे नेपाल सरकार र भारत सरकारबीच सन् २०१० मा द्विपक्षीय सम्झौता भएको थियो ।
बीआरआई कार्यान्वयन योजनाको छलफलमा सरकार, अहिलेसम्म प्रगति शून्य
सरकारले सन् २०१७ मा चीनसँग भएको बेल्ट एण्ड रोड परियोजना (बीआरआई)को कार्यान्वयबारे छलफल भइरहेको जानकारी गराएको छ। परराष्ट्रमन्त्री एनपी साउदले बिहीबार राष्ट्रिय सभालाई सम्बोधन गर्दै दुई देशबीच बीआरआई कार्यान्वयन योजनामा छलफल जारी रहेको बताएका हुन् ।
तीन नम्बर पुलको पहिरो हटाएपछि नारायणगढ–मुग्लिन सडक सुचारु
नारायणगढ–मुग्लिन सडक खण्डको तीन नम्बर पुलमा सोमबार बिहान गएको पहिरो हटाएपछि आवागमन सुचारु भएको छ ।
हुम्लालाई राष्ट्रिय सडक संजालमा जोड्न अब ६ किमी मात्र ट्र्याक खोल्न...
गत वर्षदेखि चीनको नाका बन्द रहे पनि हाल खुलेको छ । अहिले चीनको सीमा खुलेपछि आवश्यक सामग्री उताबाट ल्याएर पनि हिल्सा सिमकोट सडकमा काम भइरहेको छ । नाका नखुलेको समयमा हिल्सा सीमाबाट सामान ल्याउन सकिएको छैन ।
काठमाडौं महानगरभित्र जग्गाको मूल्य आनाकै ५० लाखसम्म, कुन ठाउँमा कति ?...
पुतलीसडक, पुरानो बसपार्क, बागबजार एरियाको जग्गा प्रतिआना ४० लाख तोकिएको छ । खिचापोखरीदेखि भोटेबहालसम्म ३६ लाख प्रतिआना, लैनचौर चोकदेखि होटल र्याडिसन, नारायणगोपाल चोकसम्म ३२ लाख प्रतिआना तोकिएको छ ।
अनधिकृत प्रयोग भइरहेका १२३ रोपनी सार्वजनिक जग्गा काठमाडौं महानगरको संरक्षणमा
काठमाडौं महानगरका मेयर बालेन शाहले महानगरभित्रका १२३ रोपनी सार्वजनिक जग्गाको संरक्षण गरेको बताएका छन्। शाहले बुधबार घोषणा पत्रमा उल्लेख भएअनुसार हालसम्म गरेका कामहरुको विवरण सामाजिक सञ्जाल फेसबुक मार्फत प्रस्तुत गरेका हुन्।
खाल्डाखुल्डी रहित काठमाडौं शहर निर्माण गर्ने मेयर बालेनको घोषणा
नीति तथा कार्यक्रममा आगमी आर्थिक वर्षमा १ लाख वृक्षारोपण गर्ने, सबै सडक पक्की गर्दे, खाल्डाखुल्डी रहित काठमाडौं शहर निर्माण गर्ने घोषणा गरेका हुन्।
मेलम्ची बाढीका दुई वर्ष, प्रभावितहरू अझै अस्थायी टहरामै
विसं २०७८ असार १ गतेको बाढीले हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकाको मात्रै पाँच सय ५१ घर बगाएको थियो । पाँच हजार चार सय रोपनी खेतीयोग्य जमिन बगर बन्यो भने २६ जनाको ज्यान गएको थियो ।
आजदेखि कुनै बाहानामा तीन महिना सडक खन्न नपाइने
सरकारले वर्षायाममा सडक खन्दा समयमै मर्मत गर्न कठिन हुने तथा बाटो थप बिग्रने भन्दै भदौ मसान्तसम्म कुनै पनि बहानामा सडक खन्न नपाइने व्यवस्था गरेको हो।
आकर्षक र नौला झोलुङ्गे पुल निर्माणलाई प्राथमिकता
झोलुङ्गे पुलको निर्माण तीन तहको समन्वयमा हुँदै आएको छ । स्थानीय तहले एक सय २० मिटर लम्बाइसम्मको, प्रदेशले दुई सय ७० मिटर लम्बाइसम्मको र त्यसभन्दा लामा पुलको निर्माण सङ्घले गर्दै आएका छन् । विभागले लामासँगै आधुनिक प्रविधिका र हेर्दा आकर्षक पुल निर्माणमा ध्यान दिएको छ ।