नारायणगढ-मुग्लिन सडकखण्ड अब २४ सै घण्टा सूचारु

दैनिक चार घण्टा गाडी रोकेर पुल निर्माणका लागि भित्तो काटिंदै आएको नारायणगढ–मुग्लिन सडकखण्ड अब २४ सै घण्टा सूचारु हुने भएको छ । ठेकेदारलाई तेस्रो पटक थप गरेको म्याद यही फागुन १२ गते सकिएको छ । पुल निर्माणका लागि भित्तो काट्नुपर्ने काम अन्तिम चरणमा पुगेकाले अबको कामका लागि सवारी रोक्नु नपर्ने भएको हो ।

विष्णुमति नदी मिचेर बनाइएका अवैध संरचनामा डोजर चल्यो, स्थानीयद्धारा ढुंगामुढा

टोखास्थित विष्णुमति नदी आसपासमा अवैध रुपमा निर्माण गरिएका संरचना हटाउन सुरु गरिएको छ । टोखा नगरपालिकाले विष्णुमति नदी करिडोरलाई सुन्दर र व्यवस्थित बनाउनका लागि त्यस आसपासमा निर्माण गरिएका अस्थायी संरचना आज बिहान डोजर लगाएर हटाएको हो ।

लगानीको वातावरण सिर्जना गर्ने मुख्य चुनौती कायमै, वित्तीय संस्थामा ५ खर्ब...

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकमा लगानीको वातावरण सिर्जना हुन नसक्नु अर्थतन्त्रका लागि मुख्य चुनौती भएको बताएका छन् ।

रुकुम पश्चिमका भूकम्प पीडितलाई ७५ करोड निकासा, २६ हजार अस्थायी आवास...

रुकुम पश्चिममा अस्थायी आवास निर्माणका लागि रु ७५ करोड ११ लाख ५० हजार निकासा भएको छ भने हालसम्म जिल्लामा २६ हजार ७०७ वटा अस्थायी आवास निर्माण भएका छन् । ५ हजार ६३७ निर्माणाधीन छन् ।

माथिल्लो अरुण जलविद्युत् आयोजनाको परामर्शदाता छनोट, स्वदेशी बैंकले ५३ अर्ब लगानी...

आयोजनाको निर्माण सुपरीवेक्षणका लागि ट्राक्टेबल इन्जिनियरिङ जर्मनी, ट्राक्टेवल इन्जिनियरिङ स्पेन तथा वापकोस लिमिटेड, भारतको संयुक्त उपक्रम इन एसोसिएसन विथ टोटल म्यानेजमेन्ट सर्भिसेस (टीएमएस) तथा जेड कन्सल्ट, नेपाल छनौट भएको हो ।

मुग्लिन-पोखरा सडक विस्तार गर्न दमौली बजारका ७४ घर भत्काइँदै

मुग्लिन–पोखरा सडक विस्तार योजना पूर्वीखण्डका इन्जिनियर, तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष वैकुण्ठनाथ मिश्रसहितका पदाधिकारीको बैठकले बाटो विस्तारका निम्ति भत्काउनुपर्ने ठहर भएका घर यथाशीघ्र भत्काउने निर्णय गरेको हो ।

लेखा समितिको निर्देशन-‘रामग्राम क्षेत्रसँग सम्बन्धित सबै सम्झौता रद्द गर्नू’

लेखा समितिले यसमा सं‌लग्नमाथि अनुसन्धान गर्न पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई निर्देशन दिएको छ। रामग्राम परियोजनामा स्थानीयको करिब ११६ बिघा जग्गा अधिग्रहण गरी संरचना निर्माण गर्न प्रमिस्ड ल्यान्डलाई दिने सहमति छ।

अब लाइसेन्स नलिई घरजग्गा कारोबार गरे २५ लाख जरिवाना, ६ महिनासम्म...

अब इजाजतपत्र (लाइसेन्स) नलिई घरजग्गा कारोबार गरेमा २५ लाख रुपैयाँसम्म जरिवाना हुने भएको छ । बुधबार प्रतिनिधि सभाले मालपोत ऐन संशोधन सम्बन्धी विधेयक पारित गर्दै यस्तो व्यवस्था गरेको हो ।

काठमाडौंका सडकमा ‘एआइ’ फिचरका सीसीटीभी क्यामरा जडान

यी क्यामराहरुले घटनासँग सम्बन्धित व्यक्ति तथा बस्तुको पहिचान र तिनीहरु कता गए, कसरी गए भन्ने दृश्य उपलब्ध गराउँछ । यस्ता विशेषता भएका क्यामरामध्ये ३ ठाउँमा एनएफपीआर (सवारी साधन र चालक सम्बन्धी दृश्य तथा विवरण दिने) र १० ठाउँमा एफआरएस (घटनासँग सम्बन्धित व्यक्तिका बारेमा विवरण र दृश्य दिने) क्यामरा राखिएका हुृन् ।

नारायणगढ–बुटवल सडक: पाँच वर्षमा ४६ प्रतिशत मात्रै भौतिक प्रगति, ठेकेदर अझै...

निर्माण व्यवसायीलाई दोस्रोपटक म्याद थपिएको समय सकिने करिब पाँच महिना बाँकी हुँदा हालसम्म सडकको एकतर्फी कालोपत्रको काम २० दशमलव ३८ किलोमिटर मात्रै भएको छ। दुईतर्फी कालोपत्रको काम एक सय ३० किलोमिटर गर्नुपर्ने छ।