साउनपछि ट्रयाल पास गरेको एक महिनामै स्मार्ट लाइसेन्स !

यातायात व्यवस्था विभागले लकडाउनको समयमा स्मार्ट लाईसेन्स प्रिन्ट तीव्र रुपमा गरिरहेको छ । लकडाउनको समयको सदुपयोग गर्दै विभागले करिब साढे ३ लाख लाइसेन्स छापेको छ । लकडाउनका कारण सवारी लाइसेन्स परीक्षा बन्द छ ।

वैदेशिक लगानीका अधिकांश सडक योजना र सुरुङमार्गको काम ठप्प

नागढुङ्गा सुरुङमार्ग, नौबिसे–नागढुङ्गा सडक विस्तार, काठमाडौं चक्रपथ सडक विस्तार (कलङ्की–चाबहिल खण्ड), स्याफ्रुबेंसी सडकलगायतका योजना बन्दाबन्दी कारण प्रभावित बनेका हुन् ।

सडक विस्तार आयोजनाको लापरबाहीले टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध, सेवाग्राही मारमा

जोरपाटी-सुन्दरीजल सात किमी सडक विस्तारका क्रममा हाल ढल बिच्छ्याउने, रूख काट्ने, पर्खाल लगाउनेलगायत काम भइरहेको छ । रूख काट्ने बेलामा खबर गरेकाले टेलिकमका कर्मचारीसँगसँगै बसेर काम भएकाले टेलिफोन सेवा अवरुद्ध नभएको कार्यालय प्रमुख कटुवालले सुनाए।

निर्माण सामग्री र कामदारको अभाव हुन नदिने नेम्बाङको भनाइ, यस्तो छ...

भौतिक पूर्वाधार तथा यातायात एवम सहरी विकास मन्त्री बसन्तकुमार नेम्बाङले भौतिक पूर्वाधार निर्माणका क्षेत्रलाई सरकारले सामान्य रुपमै अघि बढाउने निर्णय गरिसकेकाले निर्माण सामग्री ढुवानी तथा कामदार व्यवस्थापनमा कुनै समस्या नहुने बताएका छन् ।

१ खर्ब ८५ अर्बको लगानी स्वीकृत, वाणगंगामा स्टोरेज जलविद्युत आयोजना

बोर्डले ३२७ मेगावाट क्षमताको अपर मस्र्याङ्दी २ जलविद्युत आयोजनाका लागि रु. ७८ अर्ब ६५ करोड रुपैयाँ, ४२.९ मेगावाट क्षमताको आँखुखोला जलविद्युतका लागि रु. ६ अर्ब ३० करोड, ५७.३ मेगावाटको म्याग्दीखोला जलविद्युतका लागि रु. १० अर्ब ३१ करोड लगानी स्विकृत गरेको छ ।

जनकपुर-जयनगर रेलमार्ग सञ्चालनको तयारी, रेलको सेट सीमा नजिक आइपुग्यो

कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सरकारले बन्दाबन्दी जारी राखे पनि विभागले निर्माणलाई निरन्तरता दिएको छ । विभागले रेलमार्ग निर्माणलाई बन्दाबन्दीको समयमा समेत जारी राखेको छ । उनले भने, ‘बन्दाबन्दीका कारण केही दिन रोकिए पनि त्यसपछि काम भइरहेको छ ।’

नुनदेखि सुनसम्मका १० नयाँ खानी सञ्चालन गर्ने तयारी, एउटै नगरपालिकामा तीन...

खानी तथा भूगर्भ विभागले १० नयाँ खानीको सञ्चालन गर्ने तयारी थालेको छ । विभागले बुधबार प्रकाशन गरेको सूचनाअनुसार लाइसेन्स खुला गरिएका १० खानीमा नुनदेखि सुनसम्मका डिपोजिट रहेका छन् ।

भुक्तानीका लागि निर्माण व्यवसायीको अनुरोध , ठेक्काको म्याद ८ महिना थप्न...

लकडाउनका कारण अधिकांश विकास निर्माणका कार्यहरु ठप्प रहेको अवस्थामा विभिन्न निकायहरुले म्याद समाप्त भएका निर्माण कार्यहरुको पेश्की वापतको रकम फिर्ता र बैङ्क जमानत जफत गर्नका लागि पत्राचार गरेकोमा निर्माण व्यवसायी महासंघले आपत्ति जनाएको छ ।

राष्ट्रिय प्राथमिकताका दुई ठूला सडक बनाउन विश्व बैंकले ५४ अर्ब ऋण...

सडक यातायातको विकासका लागि खर्च हुनेगरी उक्त ऋणले पृथ्वी राजमार्ग अन्तर्गतको नागढुंगा-मुग्लिन र पूर्वपश्चिम राजमार्गको पथलैया-कमला सडक निर्माण अघि बढाउन लागिएको हो।

लिंकरोड जोगबनी-किमाथांका सडक निर्माणमा ३ अर्ब खर्च

सडक आयोजना प्रमुख श्रेष्ठका अनुसार चेपुवा, छुमसुर, घोङ्गोप्पा खण्ड निर्माणका लागि विस्फोटक पदार्थ आवश्यक पर्ने छ । कडा चट्टान भएको भीरको सो १४ किलोमिटर सडकखण्ड विस्फोट गरेर मात्रै अघि बढ्न सकिन्ने उनको भनाइ छ । सडकखण्ड निर्माणका क्रममा ३ अर्ब खर्च भइसकेको छ ।