कालिकोटमा करेन्ट लागेर दुई जनाको मृत्यु

काठमाडौं । कालीकोटको नरहरिनाथ गाउँपालिका–८ लालु ठाडाबाटोमा बिजुलीको पोल ढल्दा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । एक महिनाअघि राष्ट्रिय प्रसारण लाइन पुगेको लालुमा शनिबार बिहान घरनजिकै पोल ढल्दा करेन्ट लागेर नरहरिनाथ–८ लालुका ४३ वर्षीय केशव थापा र २५ वर्षीय गंग थापाको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् । घरनजिकै पोल ढलेर तारले छोएर मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।

बिजुलीको तारले घर छोएको छ । केशव स्थानीय मंगलासैनी माविका शिक्षक हुन् । गंग उनका छिमेकी हुन् । बिजुलीको पोल व्यवस्थित नगरिएकाले ढलेर ज्यान गएको मंगलासैनी माविका शिक्षक पंखबहादुर विष्टले बताएका छन् । घटनाबारे जानकारी आएपछि इलाका प्रहरी कार्यालय कुमालगाउँबाट प्रहरी निरीक्षक प्रकाश केसीको नेतृृत्वमा प्रहरी टोली घटनास्थल खटिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here