इमरान खानलाई १० वर्षको जेल सजाय

काठमाडौं । पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई जेल सजाय सुनाएको छ। अदालतले खान र पूर्वविदेशमन्त्री शाह महमुद कुरेसीलाई १० वर्षको जेल सजाय सुनाएको हो।

राज्यका गोप्य सूचना चुहाएको आरोपमा विशेष अदालतले जेल सजाय सुनाएको हो। पूर्वप्रधानमन्त्री इमरान खानले भने यो आरोपको अस्वीकार गर्दै आएका छन्। उनले आफूमाथि लागेका सबै आरोप राजनीतिबाट निर्देशित भएको बताएका छन्।

त्यस्त पूर्वविदेशमन्त्री शाह इमरान खानको पार्टी पाकिस्तान तेहरिक ए इन्सफ पार्टीका उपाध्यक्ष हुन्।

इमरान खान प्रधानमन्त्री भएका बेला मुलुकको गोप्य कुटनीतिक दस्ताबेज चुहाइएको आरोप उनीहरुमाथि थियो। खानलाई आजीवन कैद वा मृत्युदण्डको सजाय माग गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here