दशैं, तिहार र छठकाे उपलक्ष्यमा सबै एयरलाइन्सले १० प्रतिशत छुट दिने

काठमाडौं, २९ भदौ । नेपाली वायुसेवा कम्पनीहरुले यात्रुहरुलाई महानचाड दशैं, तिहार र छठ पर्वको अवसरमा १० प्रतिशत छुट दिने भएका छन् ।

नेपाल वायुसेवा संचालक संघको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाद्धारा जारी विज्ञप्तीमा असोज १२ गते देखि कार्तिक १७ गतेसम्मका लागि छुट दिने बताइएको छ ।

संघका अनुसार वायुसेवा कम्पनीको काउन्टरबाट टिकट खरिद गरेमा एयरपोर्ट ट्याक्स र हवाई इन्धन बाहेक नर्मल मूल्यमा १० प्रतिशत छुट दिइनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here