अनिल शाहले बनाए सर्वाधिक छिटो अर्धशतक

काठमाडौं । दोस्रो एकदिवसीय सिरिजमा क्यानडाविरुद्ध नेपालका अनिल शाहले अर्धशतक बनाएका छन् । उनले १९ बलमा ३ छक्का र ७ चौकाको मद्दतमा ५० रन बनाए ।

अर्धशतक पूरा गरेलगत्तै उनी आउट भएका छन् । उनले बनाएको अर्धशतक एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालका खेलाडीमध्ये सर्वाधिक छिटो हो । यसअघि पपुवा न्युगिनीविरुद्ध सन् २०२३ मा कीर्तिपुर मैदानमा आसिफ सेखले २१ बलमा अर्धशतक बनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here