चितवन लागे पूर्वराजा, दुर्गा प्रसाईँको प्रदर्शनमा नआउने

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी राणा निजी भ्रमणका लागि चितवन प्रस्थान गरेका छन् । पूर्वराजानिकट स्रोतका अनुसार पूर्वरानीको जन्मोत्सव उतै मनाउने गरी पूर्वराजा दम्पती चितवन गएका हुन् । उनका लागि पटिहानीको सोल्टी होटलमा केही कोठा बुक गरिएको छ ।

पूर्वरानी कोमलको जन्मोत्सव ७ फागुनमा पर्छ । सोही होटलमा जन्मोत्सव मनाउने तयारी गरिएको छ । त्यसपछि मात्रै पूर्वराजारानी काठमाडौं फर्किने छन् । पूर्वराजाका आफन्तजनहरू पनि सो होटलमा बस्नेछन् ।

गत वर्ष पनि पूर्वराजा यहाँको होटलमा ८ दिन बसेका थिए । यही बीचमा व्यवसायी दुर्गा प्रसाईँले काठमाडौंमा राजसंस्था पुनर्स्थापनाको एजेन्डासहित अर्को चरणको आन्दोलन गर्दैछन् । प्रसाईँको अभियानप्रति सकारात्मक भए पनि आफैँ उपस्थित हुन भने पूर्वराजा इच्छुक देखिएनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here