विद्युतीय सवारी साधनलाई चार्जिङमा छुट, रातमा ३ रुपैयाँ सस्तो

काठमाडौं, २९ भदौ । विद्युतीय सवारी साधनहरु रातमा चार्ज गर्दा प्रतियूनिट ४ रुपैयाँ मात्रै पर्ने नेपाल विद्युत प्राधिकरणले बताएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले अन्य समयमा ७ रुपैयाँ प्रतियूनिट लिने गरिएकोमा रातमा चार्ज गर्दा प्रतियूनिट ३ रुपैयाँ सस्तो हुने बताएका हुन् ।

आइतवार आफ्नो कार्यकाल ३ वर्ष पुरा भएको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताए ।

रातको समयमा लोड पनि थोरै हुने तथा सस्तो पनि भएको कारण विद्युतीय सवारी साधनहरु रातमा नै चार्ज गर्न घिसिङले अनुरोध समेत गरे ।

‘वर्तमान समयमा दिनमा सवारी साधन चार्ज गर्दा प्रतियूनिट ७ रुपैयाँ पर्छ तर राती चार्ज गर्दा प्रतियूनिट ३ रुपैयाँ मात्रै पर्छ’ उनले भने ‘त्यसकारण म सबैलाई सकेसम्म रातिमा नै चार्ज गर्न अनुरोध गर्छु ।’

सिलिण्डर ग्याँसको तुलनामा किन विद्युत महङ्गो भएको भन्ने प्रश्नमा निर्देशक घिसिङले हालको मूल्य अनुसार पनि ग्याँस भन्दा विद्युत ३० प्रतिशत सस्तो भएको बताए ।

‘वर्तमान समयमा पनि ग्याँस भन्दा विद्युत ३० प्रतिशत सस्तो छ’ उनले भने ‘विस्तारै नाफा प्रतिशत बढ्दै जाँदा भविष्यमा विद्युतको मूल्य अझै कम हुन्छ ।’

अर्को प्रसंगमा निर्देशक घिसिङले प्राधिकरणले नेपालभर चार्जिङ स्टेशन गरी तयार भएको प्रतिवेदन मन्त्रालयमा पेश गरिसकेको र अब छिट्टै नै यो कार्य अगाडि बढ्ने बताए ।

निजी कम्पनीहरुले राखेको चार्जिङ स्टेशनमा प्रधिकरणले तोकेको मूल्यमा २० प्रतिशत मात्रै बढी लिन पाउने र त्यो भन्दा बढी लिन नपाईने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here