विद्युत चुहावट नियन्त्रणबाट वार्षिक ७ अर्ब नाफा

काठमाडौं, ३० भदौ । नेपाल विद्युत प्राधिकरणले वितेको ३ वर्षमा विद्युत चुहावट नियन्त्रण गरेरै वार्षिक ७ अर्ब रुपैयाँ नाफा गरेको छ ।

प्राधिकरणले १०.४६ प्रतिशत चुहावट नियन्त्रण गरेर सो बराबरको थप नाफा कमाएको हो ।

आइतवार कार्यकारी निर्देशक कुलमान घिसिङले विगत तीन ३ वर्षे कार्यकालको उपलब्धी र भावी कार्ययोजना प्रस्तुत गर्दै उक्त कुरा बताए ।

‘तीन वर्ष अगाडी २५.७८ प्रतिशत रहेको विद्युत चुहावटलाई १०.४६ प्रतिशतले घटाउँदै १५.३२ प्रतिशतमा ल्यायौं’, उनले भने ‘चुहावट नियन्त्रणबाट मात्रै प्राधिकरणले वार्षिक ७ अर्ब थप आम्दानी गर्यो ।’

सो अवसरमा उनले आगामी दिनमा २ देखि ३ प्रतिशतसम्म चुहावट कम गर्ने योजना बनाईएको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here