‘बालकुमारी घटनाको प्रतिवेदन अध्ययन गरेर दोषीलाई कारबाही गर्छु’- प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालकुमारी घटनामा दुई युवाको हत्या भएको स्वीकार गरेका छन् ।

आइतबार प्रतिनिधिसभाका सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तरमा सहभागी भएका प्रधानमन्त्री प्रचण्डले विदेश जान लागेका युवाको हत्या भएको स्वीकार गरे ।

बालकुमारी घटना सरकारले ढाकछोप गरेको भन्ने प्रतिपक्षी आरोपको उनले प्रतिवाद गरे । छानबिन समिति प्रतिपक्षले नभएर सरकारले गठन गरेको उनले बताए ।

दुई जनाको मृत्यु भएको घटनाबारे जाँचबुझ गर्न बनेको आयोगले शुक्रबार उपप्रधान तथा गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको थियो, जसमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालालाई समेत जिम्मेवार मानिएको छ ।

उनले थपे, “बालकुमारी घटना सरकारले निकै गम्भीर रूपमा लिएर तत्कालै त्यसमा संलग्नलाई निलम्बन गर्ने, छानबिन गर्ने प्रक्रिया अगाडि बढाउने, मृतकका परिवारलाई १० लाख दिएको मात्रै होइन, छानबिन समिति पक्कै प्रतिपक्षले बनाएको होइन । मेरै प्रस्तावमा बनेको हो ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here