के हो हलिउडलाई तरंगित बनाउने ‘सोरा’ ?

काठमाडौं । हालै सार्वजनिक भएको ओपन एआईको सोराले यतिबेला विश्व बजारमा तरंग ल्याएको छ । सोरा नामक नयाँ एआइले फिल्म र एनिमेसन उद्योगलाई प्रभावित तुल्याउने अड्कलबाजी हुन थालेका छन् । हामीले कुनै बाक्य लेखेकै आधारमा बास्तविक जस्तो देखिने एचडी भिडियोहरु जेनेरेट गर्ने यस टुलले विशेष गरी चलचित्र तथा एनिमेशन क्षेत्रलाई प्रभाव पार्ने देखिन्छ ।

यस टुलले कुनै वाक्य लेखेकै आधारमा बास्तविक जस्तो देखिने भिडियो तयार गर्छ । उदाहरणका लागी हिउँमा खेलिरहेको बच्चा लेखेर वास्तविक बच्चा हिउँमा खेलिरहेको जस्ते भिडियो जेनेरेट हुन्छ । जुन वास्तविक भिडियो होइन भनेर छुट्याउन नै गाह्रो हुन्छ ।

यस टुलले माइनक्राफ्ट गेम र अन्य डिजिटल संसारको नक्कल गर्नसक्ने भएकोले भिडिओ गेमिङ उद्योगलाई पनि उत्तिकै प्रभाव पार्ने देखिएको अन्तरराष्टिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

यता लस एन्जलसका एक फिल्म निर्देशक डेभ क्लार्कले फिल्म मेकरले यसबाट डराउनुको सट्टा कहिल्यै कल्पना वा महसुस नगरेको सामग्रीको लागि एआई प्रविधिलाई अँगाल्नुपर्ने बताए। साथै कसैले पनि एआईबाट जागिर खोसिएला भनेर डराउनुपर्दैन । बरु तपाईं यी उपकरण चलाउने व्यक्तिसँग डराउनुपर्छ ।’

सोरामा आर्टिफिसियल प्रोसेसको नक्कल गर्नसक्ने क्षमता छ । केही दिनअघि ओपनएआईले सार्वजनिक गरेको सोराको टेक्निकल पेपरमा भनिएको छ, सोराले माइनक्राफ्ट खेल्नुका साथै रियल देखिने गेमको संसार पनि निर्माण गर्न सक्छ । साथै त्यहाँ के भइरहेको छ भनेर समेत बुझ्न सक्छ ।

त्यसो त सोराको हाल प्रारम्भिक परीक्षण मात्र भएको ओपनएआईको भनाइ छ । तर ती हेर्दा मात्र पनि एआईले तयार पारेको भनेर विश्वास गर्न मुस्किल पर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here