नेपाल ‘ए’ टस जितेर फिल्डिङमा, टोलीमा दुई परिवर्तन

काठमाडौं । नेपाल-ए ले एकदिवसीय क्रिकेट शृङ्खलाको दोस्रो अभ्यास खेलमा क्यानडा-११ सँग पहिले फिल्डिङ गर्दैछ ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको टसमा सन्दीप जोराले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् कप्तानी जोराले गरिरहेका छन् । दोस्रो खेलमा नेपालले नियमित कप्तान विनोद भण्डारी र प्रतिश जिसीलाई विश्राम दिएर शेर मल्ल र रिजन ढकाललाई मौका दिएको छ । सिरिजको पहिलो खेलमा नेपाल ४ विकेटले पराजित भएको थियो ।

नेपाल-ए को प्लेइङ ११

सन्दीप जोरा (कप्तान), अर्जुन कुमाल (विकेटकिपर, बसिर अहमद, विवेक यादव, किरण ठगुन्ना, मयन यादव, रिजन ढकाल, रासिद खान, सागर ढकाल, साहब आलम र शेर मल्ल ।

बेन्च : आशुतोष घिरैया, हेमन्त धामी, सुजन थपलिया, विनोद भण्डारी र प्रतिश जि.सी. ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here