यतीको नयाँ उचाईको लक्ष्य

काठमाडौं । यती एअरलाइन्स यतिवेला आफ्नो गुमेको बजार हिस्सालाई पून कायम गर्ने उद्देश्यसहित आफ्नो नयाँ लक्ष्यका लागि अघि बढेको छ । यतीले आफ्ना यात्रुहरुलई उत्कृष्ट सेवा दिने उद्देश्यसहित नयाँ कार्य योजना तयार गरेको हो । सन् २०२४ भित्रै थप ३ वटा जहाज ल्याई १० वटा पुर्‍याउने लक्ष्य यतीको छ ।

सोहि अनुरुप निजी वायुसेवा कम्पनी यती एयरलाइन्सले हालै एकसाथ दुइटा जहाज थपेको थियो । यतीले ‘एटिआर ७२–५००’ सिरिजको जहाज थप गरेको हो । ७२ सिट क्षमताको दुईवटै जहाज बंगलादेशबाट खरिद गरिएको हो ।

यससँगै यतीसँग हाल एटीआर ७२–५०० सिरिजको जहाज ७ ओटा पुगेको छ। एटिआर कम्पनीको वेबसाइटकाअनुसार एटिआर ७२-५०० टर्बोप्रप विमानले पछिल्लो पुस्ताको प्रतिनिधित्व गर्दछ ।

७०–७२ सिट क्षमताको यो विमान टर्बोप्रप इन्जिन भएको उत्कृष्ट विमान मानिन्छ । पिडब्लु १२७ इन्जिनहरूद्वारा संचालित एटिआर ७२-५०० यस आकारको विमानको लागि उत्कृष्ट मानिन्छ । अन्य विमानभन्दा कम आवाज र कम्पन हुने तथा भित्री इन्टेरियर उत्कृष्ट भएकोले उडानको क्रममा आरामदायी हुनेछ ।

यती एअरलाइन्स हालसालै एशियन लाईफ ईन्स्योरेन्सलाई लगानीकर्ताको रुपमा भित्राएको लिमिटेड कम्पनी हो । कम्पनीले यसै वर्षभित्र सर्वसाधरणको लागी आईपिओ जारी गर्ने लक्ष्य लिएको छ ।

हाल यतीले नेपालको सुगम गन्तव्यहरु काठमाडौं, चन्द्रगढी, बिराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा,नेपालगन्ज, इलाम, भद्रपुरलगायत पर्वतीय उडानहरु गर्दै आएकोमा धनगढी र सुर्खेतमा समेत उडान भर्ने बताएको छ। अन्तर्राष्ट्रिय तर्फ चार्टर र नन–सेड्युल उडान गरी हवाईसेवा प्रदान गर्दछ। साथै कम्पनीले यसै वर्षभित्र सर्वसाधरणको लागी आईपिओ जारी गर्ने लक्ष्य लिएको छ ।

पछिल्लो समय देशको भौगोलिक अवस्था तथा अन्य विभिन्न कारणले एयरलाइन्सहरु बन्द भइरहेको अवस्थामा यतीले भने आफ्नो अप्ठ्यारो परिस्थितीमा पनि चुनौतीको सामाना गर्दै अघि बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here