दुई सातापछि ब्युँझियो चन्द्रमामा पुगेको जापानको मुन ल्याण्डर

काठमाडौं । जापानले चन्द्रमामा पठाएको मुन ल्याण्डर २ साता पछि ब्युझिएको छ। जपानको मुन ल्यान्डरले दुई साताको चन्द्र रातपछि ब्युँझिएर आश्चर्य उत्पन्न गरेको जापानको अन्तरिक्ष एजेन्सीले सोमवार बताएको छ।

मानवरहित स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मुन (एसएलआइएम) गत महिना एउटा अस्पष्ट कोणमा तल खस्दा यसको सौर्य प्यानल गलत दिशामा गएको जापानको अन्तरिक्ष एजेन्सीले बताएको थियो।

जापान एयरोस्पेस एक्सप्लोरेसन एजेन्सी (जेएएक्सए) ले सूर्यको कोण परिवर्तन गरेपछि ल्यान्डर दुई दिनका लागि पुनर्जीवित भएको र एउटा उच्च–विशिष्ट क्यामेरामार्फत एउटा क्रेटरको वैज्ञानिक अवलोकन गरेको बताएको छ।

अँध्यारो हुनेबित्तिकै ल्यान्डर फेरि सुतेको पनि जेएएक्सएले बताएको छ। जेएएक्सएका अनुसार उक्त ल्यान्डरलाई चन्द्र रातहरूका लागि डिजाइन गरिएको थिएन। जसका कारण यो फेरि ब्युँझिने छ भन्नेबारेमा अनिश्चित रहेको जेएएक्सएको भनाइ छ।

‘आइतवार हामीले एउटा कमान्ड पठाएका थियौँ र यसको एसएलआइएमले जवाफ दिएको छ’, जेएएक्सएले सोमवार सामाजिक सञ्जाल एक्समा भनेको छ, ‘एसएलआइएम आफ्नो सञ्चार कार्यलाई कायम राख्दै चन्द्रमाको सतहमा एक रात जीवित रहन सफल भयो, अहिले पनि चन्द्रमामा दिउँसो थियो र सञ्चार उपकरणको तापक्रम अत्यधिक भएकाले थोरै समयका लागि सञ्चारलाई बन्द गरियो।’

‘जब उपकरणको तापक्रम पर्याप्तरूपमा चिसो हुनेछ सञ्चालन पुनः सुरु गरिने तयारी भइरहेको छ’, एक्समा भनिएको छ। आफ्नो सटिक अवतरण प्रविधिका लागि ‘मुन स्नाइपर’ भनिने एसएलआइएम जनवरी २० मा आफ्नो लक्षित अवतरण क्षेत्रभित्र पुगेको थियो।

हालैका असफलताहरूपछि यो उपलब्धि जापानको अन्तरिक्ष कार्यक्रमको एउटा जित थियो। यसबाट अमेरिका, सोभियत सङ्घ, चीन र भारतपछि चन्द्रमामा ‘सफ्ट ल्यान्डिङ’ हासिल गर्ने जापान पाँचौँ मुलुक बनेको छ। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here