नामिबियाले दियो नेपाललाई २०७ रनको लक्ष्य, इटनको कीर्तिमानी शतक

काठमाडौं । टी–२० क्रिकोणात्मक क्रिकेट सिरिजको पहिलो खेलमा नामिबियाले नेपाललाई २०७ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नामिबियाले पूरै ओभरमा ४ विकेटको क्षतिमा २०६ रन बनाएको हो।

नामिबियाका लागि जान निकोल लफ्टी-एटनले शतकीय पारी खेले। उनले ३३ बलमा ११ चौका र ८ छक्का प्रहार गर्दै शतक पूरा गरेका हुन्।

यससँगै उनले ३४ बलमा कुशल मल्लले बनाएको कीर्तिमान तोडे। लफ्टी-एटनले ३६ बलमा १०१ रन बनाए। मलान क्रुगरले भने ५९ रनमा अविजित रहे। नेपालका लागि कप्तान रोहित कुमार पौडेलले २ तथा अविनाश बोहरा र करण केसीले १–१ विकेट लिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here