नेदरल्याण्ड्सविरुद्ध टस जितेर नेपाल फिल्डिङमा, टोलीमा दुई परिवर्तन

काठमाडौं । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

नेपालले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले फिल्डिङ गर्ने निर्णय लिएको हो । आजको खेलमा नेपालको टिममा दुई परिवर्तन गरिएको छ। तीव्र गतिका बलर प्रतिश जिसी र स्पिनर ललित राजवंशी खेलका लागि टिममा छन्।

विवेककुमार यादव र अभिनास बोहरा बेन्चमा छन्। विवेक र अभिनाससहित अनिल साह र आरिफ शेख पनि बेन्चमा छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here