नेदरल्याण्ड्सले दियो नेपाललाई १८५ रनको लक्ष्य

काठमाडौं । टी–२० क्रिकोणात्मक क्रिकेट सिरिजको दोस्रो खेलमा नेदरल्याण्ड्सले नेपाललाई १८५ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले पूरै ओभरमा ४ विकेटको क्षतिमा १८४ रन बनाएको हो।

नेदरल्याण्ड्सका लागि माइकल लेभिटले सर्वाधिक ५४ रन जोडे । साइब्रान्ड एंगलब्रेक्ट ४९ रनमा अविजित रहदा म्याक्स ओ डाउड ४, कप्तान स्कट एडवार्ड्स ३३, तेजा निदामानुरु ३१ रन बनाएर आउट भए । बलिङममा नेपालका करण केसी र कुशल मल्लले एक/एक विकेट लिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here