टी-२० सिरिज: नेपाललाई आज जित्नै पर्ने दबाब, पराजित भए फाइनल दौडबाट बाहिरिने

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत नेपाललले आज नामिबियासँगै खेल्दै छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान साढे ११ बजे हुने खेलमा नेपाली टोली हारको ह्याट्रिकबाट जोगिने लक्ष्यसहित मैदान उत्रने छ । यस सिरिजको फाइनलमा पुग्न नेपालले आज नामिबियालाई पराजित गर्नैपर्ने अवस्था रहेको छ ।

नेपालले लगातार दुई खेलमा हार बेहोरेर दबाबमा आएको छ । नेपालले नामिबियाविरुद्धको खेल २० रनले हारेको थियो भने नेदरल्याण्डसविरुद्धको खेल २ रनले हारेको थियो ।

आजको खेलमा पराजित भएमा नेपाल औपचारिक रुपमै फाइनल दौडबाट बाहिरिनेछ । आइसीसीको टी-२० वरियतामा तिन देश मध्ये नामिबिया सबैभन्दा अगाडी रहेको छ ।

नामिबिया आइसीसी वरियतामा ११औं स्थानमा रहेको छ भने नेदरल्याण्डस १५औं स्थानमा रहेको छ । त्यस्तै नेपाल १६औं स्थानमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here