नेदरल्याण्ड्सले नेपाललाई दियो १२१ रनको लक्ष्य

काठमाडौं। त्रिकोणात्मक टी-२० आई सिरिजमा नेदरल्याण्ड्सले नेपाललाई १२१ रनको लक्ष्य दिएको छ ।

शनिवार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेदरल्याण्ड्सले १९.३ ओभरमा सबै १० विकेट गुमाएर १२० रन बनाएको हो ।

नेदरल्याण्ड्सका लागि म्याक्स ओडाउडले सबैभन्दा बढी ३१ रन र टिम भान डर गुगटेन र रोलेफ भान डर मर्वेले २३,२३ रन बनाए । त्यस्तै स्कट एडवार्ड्सले १८ रन बनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here