हङकङ सिरिजका लागि नेपाली टीमको घोषणा, को को परे ?

काठमाडौं । हङकङमा आयोजना हुने टी–२० सिरिजका लागि नेपाली राष्ट्रिय टिम घोषणा भएको छ । हङकङमा नेपालले माघ १० मा घरेलु टिम हङकङ र मार्च १२ मा पपुवा न्युगिनीसँग खेल्ने कार्यक्रम छ । त्यसअघि मार्च ९ मा नेपाल र हङकङबीच मैत्रीपूर्ण खेल हुने भएको छ । सिरिजका लागि रोहित कुमार पौडेलको कप्तानीमा १४ सदस्य नेपाली टिम घोषणा गरिएको छ । टिममा रोहित पौडेल, कुशल भुर्तेल बिनोद भण्डारी, गुल्सन झा, आरिफ शेख, विवेक यादव, सन्दिप जोरा, रसिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम आकाश चन्द र अविनाश बोहरा रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here