प्रधानमन्त्री र रास्वापाका सभापति लामिछानेबीच भेट, दुग्ध किसानका समस्याबारे छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच आइतबार भेट भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दूध किसानको बक्यौता र चितवनमा मृत्य भएकी बालिका शालिन पोखरेलका विषयमा कुराकानी भएको हो । किसानले दूध बेचेको ७ अर्ब रुपैयाँ नपाएको भन्दै विरोध गरिरहेका थिए ।

यसैबीच सरकारले शनिवार आन्दोलनरत पक्षसँग २१ चैत भित्र बक्यौता चुक्ता गर्ने सहमति गरेको थियो ।
आज किसानका समस्या र समाधानका बारेमा छलफल भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here