वर्षाको कारण रोकियो नामिबिया र नेदरल्यान्ड्सबीचको खेल

काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत आइतबार नामिबिया र नेदरल्यान्ड्सबीचको खेल वर्षाको कारण रोकिएको छ ।

लिगको अन्तिम खेलमा नामिबिया र नेदरल्याण्ड्सबीच प्रतिषपर्धा भएको हो । टीयु क्रिकेट मैदानमा भएको खेलमा नामिबियाले टस हारेर १५ ओभरमा ४ विकेट गुमाउँदै ९८ रन बनाएकोमा वर्षाले खेल रोकिएको हो ।

अहिले मैदानमा कभर ढाकिएको छ भने खेलाडीहरु पभेलिएन आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here