नाफामुखी बनेको भन्दै ओपन एआईविरुद्ध मस्कले हाले मुद्धा

काठमाडौं । एलोन मस्कले च्याटजीपीटीको निर्माता ओपनएआईविरुद्ध मुद्दा हालेका छन् । मस्कले ओपन एआई र त्यसका सीईओ साम अल्टम्यान विरुद्ध मुद्दा दायर गरेका हुन् ।

गैरनाफामुखी तथा मानवीय हितका लागि काम गर्ने भनेर स्थापना गरेको स्टार्अप कम्पनी नाफामुखी बनेको उनको आरोप छ । सन् २०१५ मा आफूले प्राप्त गरेको सिद्धान्तको उल्लङ्घन गरेको तर्क गरेका छन् । अर्बपति उद्यमी एलन मस्कले सान फ्रान्सिस्को स्थित क्यालिफोर्निया सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् ।

दायर गरिएको रिटमा फर्मले आफ्नो मूल गैर-लाभकारी, ओपन सोर्स मिसनबाट मुख मोडेको उल्लेख छ ।

यसले मानवतालाई फाइदापुर्याउने प्रयास गर्नुको सट्टा प्रमुख लगानीकर्ता माइक्रोसफ्टको लागि अधिकतम मुनाफामा ध्यान केन्द्रित गरिरहेको बताएको छ। ओपनएआईलाई आर्टिफिसियल जनरल इन्टेलिजेन्स एजीआई– एआई को रूपमा चिनिन्छ जसले कुनै पनि काम गर्न सक्दछ जुन मानव सक्षम छ।

यो एक गैर लाभकारी कम्पनीको रूपमा पनि स्थापित गरिएको थियो, जसको अर्थ यसले पैसा कमाउने लक्ष्य राख्दैन। मस्क ओपन एआईका सह९सहसंस्थापक पनि हुन् । मस्कसहित ग्रेग ब्रोकम्यान, साम अल्टम्यान, पिटर थाइल, रेड होफम्यान जेसिका लिभिङस्टनले यो कम्पनी स्थापना गरेका थिए । पछि एलन मस्कसहित अन्य सह९संस्थापकहरू बाहिरिएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here