तात्तियो राजनीतिक माहोल, प्रमुख दलले बोलाए आकस्मिक सचिवालय बैठक

file

२१ फागुन, काठमाडौं । सत्ता गठबन्धनमा खटपट आएको खबरसँगै राजनिितक माहोल तात्तिएको छ । सोमबार बिहानैदेखि दलहरु आन्तरिक छलफलमा जुटेका छन् । सोहीकारण आज बिहान बस्ने भनिएको सत्तारुढ दलको बैठक समेत स्थगित भएको छ ।

नेकपा माओवादी केन्द्रको सचिवालय बैठक अहिले बसिरहेको छ । समसामयिक राजनीतिक परिस्थितिको विषयमा छलफल गर्न माओवादीले सचिवालय बैठक बोलाएको हो ।

बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डले शीर्ष नेताहरुबीच भइरहेको छलफलको विषयमा नेताहरुलाई जानकारी गराउने छन् । उता, एमालेको सचिवालय बैठक समेत बालकोटमा जारी छ । उनले समेत प्रचण्डसँग भएको छलफलको जानकारी गराउने कार्यक्रम छ ।

उता रास्वपाको बैठक समेत अहिले बसिरहेको छ । प्रचण्ड र कांग्रेस सभापति शेर बहादेुर देउवाबीच समेत आज छलफल भइसकेको छ । प्रधानमन्त्री प्रचण्ड कांग्रेसका मन्त्रीहरुको कामसँग असन्तुष्ट रहँदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here