काठमाडौं । संसद बैठक फागुन २४ गतेसम्मका लागि स्थगित गरिएको छ । सोमबार नयाँ सत्ता समीकरणपश्चात प्रतिनिधि सभा बैठक स्थगित गरिएको हो ।
संसद सचिवालयले सूचना जारी गरी विशेष कारणबस फागुन २४ गते बिहीबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिएको छ ।