काठमाडौं । जनमत पार्टीले नयाँ सत्ता गठबन्धनमा सहभागी हुन शर्त राखेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीसँग गठबन्धन गर्ने सहमति पश्चात जनमत पार्टीको सचिवालय बैठक बसेको थियो ।
जपाको बैठकले संघीय सरकारमा राम्रो मन्त्रालय सहित मधेश प्रदेशको मुख्यमन्त्री दिनुपर्ने माग राखेको छ ।