मस्कलाई पछी पार्दै जेफ बेजोस बने विश्वको सबैभन्दा धनी

काठमाडौं । टेस्लाका सिइओ एलन मस्कलाई पछी पार्दै जेफ बेजोस विश्वका धनीहरुको सूचीमा पहिलो नम्बरमा पुगेका छन् ।

ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार बेजोसको सम्पत्ती २०० अर्ब डलर पुगेको छ । लामो समयदेखि पहिलो नम्बरमा रहेका मस्कको कुल सम्पत्ति घटेर १९८ अर्ब डलरमा झरेको हो ।

यस वर्ष बेजोसको कुल सम्पत्ति २३ दशमलव४ बिलियन डलरले बढेको छ । मस्कले एलभीएमएच सीईओ र फ्रान्सेली व्यापारी बर्नार्ड अर्नाल्टलाई पछी पारेर मे २०२३ मा पहिलो नम्बरमा पुगेका थिए ।

अर्नाल्ट हाल १९७ अर्ब डलरको सम्पत्तिसहित धनीहरूको सूचीमा तेस्रो स्थानमा छ । उनको कुल सम्पत्ति १८ दशमलव३ अर्ब डलरले बढेको छ । फेसबुकको मूल कम्पनी मेटा प्लेटफर्मका सीईओ मार्क जुकरबर्ग १७९ अर्ब डलरको सम्पत्तिका साथ विश्वका धनी व्यक्तिको सूचीमा चौथो स्थानमा छन् ।

यो वर्ष उनको कुल सम्पत्ति ५०दशमलव ७ बिलियन डलरले बढेको छ । त्यस्तै माइक्रोसफ्टका संस्थापक बिल गेट्स १५० अर्ब डलरसहित यो सूचीमा पाँचौं स्थानमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here