नेदरल्याण्ड्सले जित्यो टी–२० शृंखलाको उपाधि, नेपाल ४ विकेटले पराजित

काठमाडौं । नेपालमा आयोजित त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधि नेदरल्याण्ड्सले जितेको छ। त्रिवि मैदानमा मङ्गलवार भएको फाइनलमा नेदरल्याण्ड्सले नेपाललाई ४ विकेटले पराजित गर्‍यो ।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर नेपालले एक सय ८४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेदरल्याण्ड्सले १९.३ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गर्यो।

विजयी टोलीका माइकल लेविटले २९ बलमा ५४ र साइब्रान्ड एंगलब्रेच्टले २९ बलमा ४८ रन बनाए। विक्रमजित सिंहले २३ बलमा २९ र म्याक्स ओदोदले २३ बलमा २२ रन बनाए। ५ बलमा दुई छक्का र २ चौका प्रहार गरेका टिम भान डर गुग्टेन २१ रनमा अविजित रहे। नेपालका कुशल मल्लले ४ विकेट लिए।

नेपालका लागि आसिफ शेखले सर्वाधिक रनको योगदान दिए पनि अर्धशतकबाट चुकेका थिए। गुलशन झाले ३४ रन बनाएका थिए।कुशल मल्ल २६, रोहित २५, कुशल भुर्तेलले २०, करण केसी ९ रन बनाएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here