नेपालको पोष्टमा भारतको १० गोल, च्याम्पियनसिप यात्रा टुंगियो

काठमाडौं । नेपाल साफ यू-१६ महिला च्याम्पियनसिपबाट बाहिरिएको छ । बिहीबार लिग चरणको आफ्नो अन्तिम खेलमा भारतसँग १०–० को हार बेहोर्दै नेपालले साफ यू–१६ महिला च्याम्पियनसिपको यात्रा टुंग्याएको हो । पहिलो हाफमा ६ गोल गरेको भारतले दोस्रो हाफमा ४ गोल थप्यो ।

बिहीबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा भारतलाई जित दिलाउन पर्ल फर्नान्डेज र गुरलिन गौरले दुई–दुई गोल गरे । यस्तै, अनिता ढुङ्डुङ, अनुस्का कुमारी, बोनिफिला सुल्लाई, गुरनाज कौर र रेहाना लिज जाकोबले समान एक गोल थपे ।

भारतले एक गोल भने नेपालबाट आत्मघाती उपहार पाएको थियो । आजको जितसँगै भारत फाइनलमा प्रवेश गरेको छ। भारतले बंगलादेशसँग उपाधिका लागि खेल्नेछ।

चार टोली सहभागी च्याम्पियनसिपमा नेपाल ३ खेलबाट ३ अंक जोडेर तेस्रो स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here