चलचित्र ‘अञ्जिला’को पोस्टर सार्वजनिक

काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा राष्ट्रिय महिला फुटबल टिमकी गोलरक्षक तथा कप्तान अञ्जिला तुम्बापो सुब्बाबारेको फिल्म ‘अञ्जिला’को पोस्टर सार्वजनिक भएको छ । फस्टलुक पोस्टरमा दयाहाङ राई र तुम्बापो स्वयं फिचर्ड छन् । तुम्बापोको यो डेब्यु फिल्म समेत हो ।

पोस्टरमा उनको चरित्र चित्रण छ । डोको र फुटबल बोकेर हिंडेको दृश्य पोस्टरमा देख्न सकिन्छ । यसमा दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल, हरि खड्का, मञ्जु श्रेष्ठ, वेदना राई, सिद्धार्थ सिंह, सुरज तमु, सुमिन गुरुङ, विष्णु मोक्तान लगायतको पनि अभिनय रहनेछ ।

२०५३ मा पाँचथर जिल्लाको फाक्तेपमा जन्मिएकी अञ्जिलाले १३ वर्षको उमेरदेखि नै फुटबल खेल्न सुरु गरेकी थिइन् ।

सन् २०१४ मा श्रीलङ्कामा सम्पन्न एएफसी यु–१४ गर्ल्स रिजनल ट्रफीबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यू गरेकी उनी २०१४ बाट राष्ट्रिय टिममा परेकी थिइन् । तर, उनी २ वर्ष बेन्चमै सीमित भइन् । त्यसयता भने उनी महिला राष्ट्रिय फुटबल टिमको भरपर्दो गोलरक्षक बनेकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here