एजेन्सी । उपाधि होडमा रहेका दुई क्लब लिभरपुल र म्यानचेस्टर सिटीले आइतबार इंग्लिस प्रिमियर लिगमा १–१ को रोमाञ्चक बराबरी खेलेका छन् । गएराति लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेल १-१ को बराबरीमा सकिएको हो।
बराबरी सँगै दुवै टोलीले आर्सनललाई उछिनेर पहिलो स्थानमा उक्लिने मौका गुमाएका छन्। बराबरी पछि आर्सनल पहिलो स्थानमा यथावत रहेको छ। आर्सनलको २८ खेलमा ६४ अंक छ। समान २८ खेलमा ६४ अंक नै रहेको लिभरपुल गोल अन्तरका आधारमा दोस्रो छ।सिटीको भने २८ खेलमा ६३ अंक छ।
























